नारायणपुर, २ असोज
नारायणपुरका युवा सुनिल पुनको स्मृतिमा आयोजित रनिङ शिल्ड फुटबल प्रतियोगिता भोलीदेखी सुरु हुने भएको छ । स्वर्गीय सुनिल पुन स्मृति प्रथम रनिङ शिल्ड फुटबल प्रतियोगिता भोली विहीवारदेखी सुरु हुने भएको हो ।
न्यू स्टार फुटबल क्लब नारायणपुरको आयोजना र प्रकृति लोक सांस्कृतिक क्लब नारायणपुरका व्यवस्थापनमा प्रतियोगिता हुन लागेको होे ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन खेल क्यासपियन स्कूल र राईजिङ स्टारबीच हुनेछ ।
घोराही उपमहानगरपालिका वडा न. १० को बि.पी बाटिका खेल मैदानमा नकआउट खुल्ला फुटबल प्रतियोगिता हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ६१ हजार १ सय ११, दृतिय हुनेलाई ३१ हजार १ सय ११ कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
न्यू स्टार फुटबल क्लबका पूर्व खेलाडी एवं प्रकृति लोकसांस्कृतिक क्लबका संरक्षक रहेका सुनिल पुनको स्मृतिमा रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको न्यू स्टार फुटबल क्लबका अध्यक्ष खुमबहादुर वलीले जानकारी दिनुभयो ।
अग्रजहरुको सम्मान र सम्झना सहित खेल क्षेत्रको विकास र विस्तारकालागी प्रतियोगिताको आयोजना गरिएको र दिउसो २ बजे हुने प्रतियोगिता उद्घाटन कार्यक्रममा उपस्थित हुनकालागी सम्पूर्णमा सम्पूर्ण खेलप्रेमीहरुमा आयोजकले अनुरोध गरेको छ ।