Home / Feature Breaking news / नेतृत्वका ‘काबिल’ टंक

नेतृत्वका ‘काबिल’ टंक

कलेजी रङको कोटमा ठाँट्टिएका ‘टंक’ मुसुक्क मुस्कुराउँदै ब्यवासायीलाई हात ‘जोड्दै’ भने ‘मै हुँ अध्यक्ष पदको साझा उम्मेदवार ।’ पसल बाहिर खाना खाईरहेका एक बृद्ध व्यवसायिले भने ‘ कहिले आउला पुस बीस ? तपाईलाई मत दिन आतुर छौँ,’ व्यवसायिको यो आश्वासनले टंक पुलक्कित पर्दैनन् । उनै ब्यसायिका बारेमा चासो दिँदै एक छिन बसेरै गफिन्छन् । ‘अहिले के छन् व्यवसायिक समस्या ? पहिले देखि पनि व्यवसायिक हकहितका लड्दै आएको हुँ, सदैब लडिरहने छु,’ उनले व्यवसायिक हकहितका बारेमा चासो दिँदै भने ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका टंकसिंह बुढाथोकी आफ्नो बखान गरेर मात्रै मतदातालाई ‘लोभ’ मा पार्दैनन् । उनै व्यवसायि मतदाताहरुको मनोभावना बुझ्छन्, अनि समस्या समाधानका लागि दह्रो आश्वासन दिएर बिदाई हुन्छन् ।
व्यवसायिक क्षेत्रको लामो अनुभवले खारिएका टंक ब्यवासयिक चुनौतीका बारेमा जानकार छन् । व्यवसायिहरुमाथि आईपरेका ति चुनौतीहरुको समाधानका लागि खटिएका व्यवसायिक ‘हिरो’ पनि हुन् टंक । उनि उद्योग वाणिज्यसंघको उद्योग उपाध्यक्ष हुँदा वखत उनले व्यवसायिक चुनौती र व्यवसायिक एकताकै लागि फिल्डमा खटिएर काम गरे । ‘हामी व्यवसायिहरु एक भयौँ भने मात्रै, व्यवसायिक चुनौतीको सामना गर्न सक्छौँ,’ उनले भने ‘म यहि चिन्तनका साथ उद्योग वाणिज्य संघमा रहेर एक कार्यकाल यहि सकृयतामा बिताएँ ।’
सानो व्यवसायमा लागेको पारीवारीक घराना । बाबुले थालेको त्यहि व्यवसायले क्याम्पस पढ्दै गरेको ‘ठिटो’ टंकलाई नम्बर १ व्यवसायि बन्ने ख्वाब पलाउँदै गयो । उनले २२ बर्ष अघि क्याम्पसमा अध्ययनरत भएकै बेला ‘डिष्ट्रीबयूटर्स’ व्यवसायको सुरुवात थाले । ‘व्यवसायमा अनेकन बाधा थिए, तैपनि हार मानेन,’ उनले भने ‘व्यवसायिक चुनौतीलाई झेल्दै व्यवसायमा आँफूलाई सेटल गर्दै लगेँ,।’ आँफूले दुई दशक अघि भोगेको त्यहि व्यवसायिक चुनौतीले झस्काईरहन्छ । अनि त व्यवसायिका तिनै चुनौतीलाई आफ्नो चुनौती ठानेर सबै व्यवसायिहरुको पीर मर्का बुझ्ने ‘मसिहा’ बन्न खोज्दैछन् टंक ।
हरेक व्यवसायलाई सहज वातावरणमा सञ्चालन गराउने वातावरण निर्माणका लागि आफ्नो नेतृत्वको पहिलो कार्यभार उनले औँल्याएका छन् । ‘मेरो नेतृत्वको आकांक्षा र लडाई भनेकै हरेक क्षेत्रका व्यवासयहरु सहज तरिकाले सञ्चालन हुन सकुन् भन्ने हो,’ उनले भने ‘व्यवसायिक क्षेत्रमा अनेकन चुनौती छन्, म ति चुनौतीहरुको समाधान मेरो नेतृत्वको प्रमुख कार्यभार सम्झेको छु ।’
लामो समय व्यवसायिक क्षेत्रमा सकृय टंक विभिन्न व्यवसायिक संगठनहरुमा रहेर काम गरेका अनुभवी प्रतिष्पर्धि पनि हुन् । यसर्थ उद्योग वाणिज्य संघको नेतृत्व हाँक्न सक्ने एक ‘काबिल’ व्यवसायि हुन् उनि । मदिरा व्यवसायि महासंघको केन्द्रीय सदस्यको उचाईमा आँफूालाई उभ्याएका टंक राप्ती अञ्चल लिकर्श एशोसिएसनको जिल्ला अध्यक्ष बनेर काम गरिसकेका छन् । राप्ती अञ्चल डेलिभरी बितरक संघको कोषाध्यक्ष उनि पशुपति अन्नपूर्ण आश्रमको अध्यक्ष बनेर सामाजिक संस्थाको नेतृत्व समेत सम्हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*