ओमप्रकाश गुप्ता
राजपुर, २ जेठ । राजपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको बेला स्वास्थ्य चौकीले मंगलबार देखि ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।
राजपुर गाउँपालिकाको ३ लाख लागतमा खरिद गरिएको ल्याब मार्फत मासिक ७ सय बढी सेवाग्राहीले सेवा लिन सक्ने छन् । सो सेवा मार्फत जन्डिस, सुगर, युरिक एसिड, दिसा पिसाब, खकार लगायतको चेकजाँच गरिने स्वास्थ्य चौकीका इन्चार्ज सचेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।
ल्याब सेवाको गाउँपालिकाका प्रमुख लोकराज केसीले बिधिवत रुपमा उद्घाटन गरेका छन् । उद्वघाटनकै अबसर पारेर गाउँपालिका प्रमुख केसी, प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष रामछोरे यादब लगायत एक दर्जन भन्दा बढीले निशुल्क सेवा लिएका थिए ।