Home / मनोरञ्जन / ‘कुम्भ करण’ जेठ १७ मा रिलिज हुने

‘कुम्भ करण’ जेठ १७ मा रिलिज हुने

दाङ, २ जेठ । नेपाली कथानक चलचित्र कुम्भ करण यही जेठ १७ गते देश भर रिलिज हुने भएको छ । निर्माण कर्ताले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना यस्तो जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा निर्माता आकाश घर्तिले चलचित्र देश भर एकै पटक रिलिज गर्ने लागिएको जानकारी दिए । उनले चलचित्रमा सामाजिक यर्थाथ विषय तथा सन्देश मुलक रहेको बताए । चलचित्रमा ग्रामीण शैलीमा निर्माण गरिएको बताए । चलचित्र हेरी दिएर सुझाव दिन समेत उनले आग्रह गरे । चलचित्रले समाजका विकृति विसंगतिलाई उठाएको भन्दै उनले फिल्म हेरिसकेपछि यस्तो गर्नुहुदैन है भन्ने सन्देश दिने समेत बताए ।

घर्तिले चलचित्र केही समय अघि नै रिलिज गरिने भनिए पनि प्राविधिक कारण केही ढिला भएको उनको भनाइ रहेको छ । चलचित्रमा गौरव पहाडी,निशा अधिकारी, भोला सापकोटा, आकाश घर्ति, कमल गाउँले लगाएतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ ।

चलचित्रको निर्मातामा रोम वली र आकाश घर्ति रहेका छन् । पत्रकार सम्मेलन निर्माता घर्तिको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सहजिकरण कमल गाउँले गरेका थिए । चलचित्रको प्युठान, काठमाण्डौँलगायतका स्थानमा सुटिङ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*