Home / Uncategorized / जुम्बा गुरु ‘अतिथी’

जुम्बा गुरु ‘अतिथी’

देवेन्द्र बस्नेत
एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ जाने योजना बन्यो । घोराहीकी अतिथी राजभण्डारीमा अध्ययनसंगै नृत्य क्षेत्रमा केहि गर्छु भन्ने आँट उपद्रो थियो । उनले केहि समय काठमाडौको बसाईपछि जीम क्लवमा जागिरको ‘अप्लाई’ गरिन् । उनको नाम निस्कीयो । क्लवको ‘रिसिप्सेनीष्ट’ पदकी जागिरे उनलाई जीम मोहले च्याप्दै लग्यो ।   atithi1

उनले साना केटाकेटीहरुलाई त्यहि जीम क्लवमै नृत्य सिकाउन थालिन् । जीम क्लवमा उनले सिकाएको नृत्यले अर्को नयाँ मार्ग कोर्दै थियो, तर उनलाई थाहै थिएन । जीम क्लवका प्रशिक्षकहरुले अतिथीको नृत्य कलालाई हेरेरै सुझाव दिए ‘तिमी महिला फीट सेन्टर खोलेर काम गर्न सक्छौ ।’ प्रशिक्षकहरु कै सल्लाहमा उनले १२ को पढाई सक्किएपछि एक महिने ‘एरोबिक’ (महिलाहरुको शारिरीक ब्यायाम कक्षा) सम्वन्धी तालिम लिईन् । उनको त्यो तालिम निकै फलदायि बनिन् । ‘तालिम लिएको एक महिना पछि मैले एरोबिक सिकाउन थालेँ,’ उनले भनिन्– ‘काठमाडौँमा मैले दुई ठाउँमा एरोबिक कक्षा दिन थालेँ ।’ दुइृबर्ष सम्म उनि काठमाडौँमा यो व्यवसायको जागिरेका रुपमा काम गरिन् ।
कठमाडौँकै बसाई चलिरहेकै बेला उनलाई दाङ फर्कने निम्तो भयो ‘दाङमै आएर एरोबिक प्रशिक्षक बन ।’ घोराहीमा खुलेको एक रिसोर्टले उनलाई आमन्त्रण गर्यो । आफ्नै गृहनगरमा यो अवसर उनका लागि जायज थियो । उनि दाङमा आएर एरोबिक क्लास दिन थालिन् । केहि समय सम्मको रिसोर्टको एरोबिक कर्मचारीका रुपमा काम गरेकी अतिथीमा झनै आत्मबल बढ्यो ‘अब आफ्नै लगानीमा एरोबिक व्यवसाय चलाउँछु ।’ दुई बर्ष अघि उनले आफ्नै लगानीमा यो व्यवसाय सञ्चालन गर्ने हिम्मत जुराईन् । ‘सुरुमा म्यानेज गर्न गाह्रो भयो,’उनले भनिन् ‘पछि पछि विस्तारै म्यानेज गर्न सजिलो भयो ।’
उनको यो मेहनतको फल अहिले उनको व्यवसाय राम्रो संग सञ्चालनमा छ । भने उनि ‘जुम्बा गुरु’भनेर चिनिएकी छन् । ‘जुम्बा भनेको महिलाहरुको शरिर फिट राख्नका लागि सिकाईने एउटा शारिरीक अभ्यासको नाम हो,’उनले भनिन् ‘यो मात्रै नभई महिलाहरुको स्वास्थ्यलाई फाईदा पुग्ने अन्य धेरै अभ्यासहरु गराईन्छ ।’  रिफ्रेस एरोबिक सेन्टर नाम राखेर घोराहीमा थालेको उनको एरोबिक व्यवसायमा अहिले महिलाहरुको घुईचो लाग्ने गरेको छ । यो व्यायामशाला महिलाहरुका लागि मात्रै हो । ‘मैले महिलाहरुको लागि मात्रै अहिले काम गरिरहेकी छु,’उनले भनिन् ।

joomba
खासगरि गृहणी महिलाहरु ,त्यसमापनि मोटोपनाको समस्या रहेका महिलाहरु यो व्यायामशालामा आएर शारिरीक अभ्यास गर्ने गरेका छन् । ‘धेरैजसो गृहणी महिलाहरु हुनुहुन्छ,’उनले भनिन् ‘त्यसमापनि कुनै शारिरीक समस्या भएकाहरुको बढि उपस्थिती हुने गरेको छ ।’ उनका अनुसार दिनमा तीन चरणमा गरि झण्डै पाँच सयको हाराहारीमा महिलाहरु ब्यायामका लागि आउने गरेका छन् । महिलाहरु विभिन्न गीतको तालमा गर्ने शारिरीक ब्यायामले त्यो स्थान संगितमय बनै बनेको हुन्छ ।
कतिपय अस्वस्थ महिलाहरुका लागि यो ब्यायामशाला रोग निको पार्ने थलोका रुपमा समेत सावित भएको छ । अतिथीले भनिन् ‘टाउको दुखाई, ढाड दुखाईको समस्या अनि थाईराईड,सुगरको समस्या भएका महिला दिदी बहिनीहरुलाई अहिले यो समस्याबाट मुक्ती मिलेको पनि छ ।’

joomba1

एक महिने उनको सिकाई । परिभाषागत उनको त्यो एक महिनाको सिकाई भन्दा उनले सिकाउँदा आँफूमा झनै ज्ञान अभिबृद्धि गरेको बताउँछिन् । ‘एरोबिक सिकाउँदा खेरी अपनाउनु पर्ने धेरै स्टेपहरुको बारेमा मैले सिकाउने क्रममै आँफूले सिकेकी हुँ,’उनले भनिन् ‘यसर्थ आफ्नो भोगाईका क्रममा मैले महिलाहरुलाई अहिले पूर्ण रुपमै एरोबीक क्लास दिन सफल भएकी छु ।’
म्हिला व्यायाम कक्षासंगै उनले यहाँपनि नृत्यको कक्षा समेत सञ्चालनको तयारी गरेकी छन् । ‘अब चाँडै नृत्य सिकाईको कक्षा पनि चलाउँदै छु,’उनले भनिन् । यो व्यवसायमै लाग्दा उनको अध्ययनमा भने केहि अड्चन आईपर्यो । तर अहिले अध्ययनलाई उनले निरन्तरता दिँदैछिन् । अहिले बिए प्रथम बर्षमा अध्ययनरत अतिथीले आफ्नो अध्ययनसंगै यो व्यवसायलाई निरन्तरता दिने बताएकी छन् ।
तस्बिरः एरोबिक प्रशिक्षक अतिथी राजभण्डारी एबं उनका प्रशिक्षार्थीहरु सिक्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*