Home / समाचार / दाङका सुनचाँदी पसलहरु बन्द

दाङका सुनचाँदी पसलहरु बन्द

चेतन रेग्मी
तुलसीपुर, ५ साउन
दाङ जिल्लाका सम्पूर्ण सुनचादी पसलहरु बन्द भएका छन् । तुल्सीपुरका सुनचाँदी व्यवसायीमाथी हातपात गर्नेहरुलाई प्रसासनले कार्बाही नगरेको भन्दै उनीहरुले आज बिहीबार पसल बन्द गरेका हुन् । वुधवार बेलुका तुल्सीपुरमा रहेको दिनेश ज्वलर्सका सञ्चालक देवीप्रसाद कौशल र उहाँका छोरा कुलदीप कौशललाइ अज्ञात समुहले हातपात गरेकोे घटनाको विरोधमा पसल बन्द गरेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले कुटपीटमा संलग्नहरुलाई कार्वाही गर्न प्रशासन उदासीन बनेको भन्दै सुरक्षाको माग समेत गरेका छन ।
यसैबिच दाङ तुल्सीपुर सुनचादी ब्यवसायी समीतीले आज एक विज्ञप्ती जारी गरी व्यवसायी हातपातको घटना प्रती विरोध जनाएको छ । समितिका अध्यक्ष मदन केसीले विज्ञेप्ती जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई गम्भीर रुपमा लीन र व्यवसायीको सुरक्षामा ध्यान दिन प्रसासनसँग जोडदार रुपमा माग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*