दाङ,२ जेठ । केही बर्ष पहिलेसम्म भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका वडा नं. ३ मा रहेको धार्मिक,ऐतिहासिक एव पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ ।
घना जंगलको विचमा सामान्य कुटीका रुपमा रहेको धार्मिक धामलाई पर्यटन केन्द्र भैरहवाले धार्मिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले पुरानो भवनलाई संरक्षण गर्ने कार्य सुरु गरेसँगै भग्नावशेष अवस्थामा पुगेको सिद्धबाधनाथ बाबा धाम जंगलकुटीले नयाँ रुप लिएको छ ।
पर्यटन बोर्ड्र भैरहवाले तत्कालिन सयममा भवनेश्वरनाथले तपस्या गरेको र बसेको कुटीसँगै उनले प्रयोग गरेका सामग्रीलाई पक्कीघरभित्र सिसालगाएर संरक्षण गर्ने काम भएको सिद्ध बाघनाथ बाबा जंगलकुटी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरीले बताए । भवन निर्माण गरेर बाबाको मुख्यकुटीदेखि खराउ (काठका जुत्ता), खाट, पूजाको सामग्री, ओछ््यानलाई प्रयोग गरिएका बाघका छालालगायत थुप्रै पुरातात्विक सामग्री संरक्षण गर्ने काम भएको मन्दिरका पुजारी देवी सिंह चौधरीले बताए ।
कुट्टीलाई व्यवस्थीत गर्न सुरुवात गरिएसँगै जंगलकुटीको ऐतिहासिक, धार्मिक महत्व बझ्नदेखि घुमफिर गन मानिसहरु आउने गरेका छन् । उनका अनुसार होमकुण्ड समेत निर्माण भैराखेको छ । गोवरडियादेखि करिव सात किलोमिटर पूर्वदक्षिणमा रहेको उक्त स्थानलाई संरक्षणसँगै त्यहाँसम्म पुग्नका लागि सडक व्यवस्थीत गरेसगै त्यसको चर्चासागै त्यहाँ पुग्ने मानिसहरु बृद्धि हुन थालेको अध्यक्ष चौधरीले बताए ।
पर्यटन बोर्डको क्रमागत योजना अन्तर्गत करिव डेढ करोडको लगातमा कुटीसंरक्षणसँगै अतिथि गृह,सौचालयलगायतका पूर्वाधारहरु निर्माणको काम शुरु भएको उनले बताए । मुख्यकेन्द्रको चारैतिर टायल विच्छाएर व्यवस्थीत गर्ने काम समेत भैराखेको छ ।
थारु समुदायको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको जंगलकुटीलाई संरक्षणसँगै पर्यटकिय स्थलका रुपमा विकास गर्न कामको सरकारी स्थरवाट सुरुवात भएको छ । जंगलकुटीलाई देउखुरीकै मुख्य पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने उनको विश्वास छ । जंगलकुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जंगल र त्यस वरपरका बस्ती घुम्ने गरेकाले उनलाई बाघनाथ भनिने जन विश्वास रहेको पुजारी देवी सिंह चौधरीले बताए ।
घना जंगलमा बि.स.१८७९ मा भुवनेश्वर नाथले लामो समय तपस्या गरेको र त्यसपछि भुवनेश्वर नाथ त्यहीवाट ओलापिएको जनविश्वास रहेको मन्दिरका पुजारी देवी सिंह बताउँछन । सिद्धनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सके यस क्षेत्रको महत्व बढ्ने उनको विश्वास छ ।
जंगलकुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गरेका छन् । गोवरडिया गाउँदेखि ७ किलोमिटर दक्षिण चुरे पहाडमा करिव नौ विगाह क्षेत्रफलमा जंगलकुटी धार्मिक एव पर्यटकिय स्थल फैलिएको छ ।
जंगलकुटीलाई थप आकर्षक रुपमा विकास गर्नका लागि जंगलकुटीसम्म पक्की बाटो,खानेपानी व्यवस्था, व्यवस्थीत पिकनिक स्पोट निर्माण गर्ने, जंगलकुटीको पहाडको टुप्पोमा भ्यूटावर निर्माण गर्ने गरि गुरुयोजना गर्ने काम भईरहेको अध्यक्ष चौधरीले बताए । जंगलकुटीलाई गाउँपालिकाको मुख्य धार्मिक, ऐतिहासिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरेर काम थाल्ने गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए ।