Home / Feature Breaking news / विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

दाङ,२८ भदौ । त्रिभुवननगर जेसीज घोराहीले मौलाकोट जेसीजग्रामका २९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ मौलाकोट जेसीजग्रामका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

भौगोलिक रुपमा विकट क्षेत्रका बालबालिकालाई पढाईमा शैक्षिक सामग्रीको अभाव रहेको भन्दै विभिन्न व्यक्ति तथा संघसस्थाहरुको सहयोगमा संकलित रकमबाट झोला,कलमलगायतका शैक्षिक सामग्रीहरु सहयोग गरिएको थियो ।

त्रिभुवन नगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकाटालगायतका अथितिहरुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकालाई शैक्षिक सामग्रीले पढाईमा महत्वपुर्ण सहयोग पु¥याउने बताइन । देशको आर्थिक विकासकालागि शिक्षित जनशक्ति आवश्यक रहेको भन्दै देवकाटोले शिक्षिण जनशक्ति उत्पादनका लागि बालबालिकामा लगानी गर्न आवश्यक रहेको बताइन । त्यस्तै उनले प्रकृतिको धनी मौलाकोटको विकास लागि राज्यले पहल गर्न आवश्यक रहेको बताएकी थिइन ।

त्यस्तै कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारीले मौलाकोटलाई शैक्षिक,आर्थिक, सामाजिकसँगै पर्यटकिय रुपमा विकास गर्न त्रिभुवन नगरले जेसीजग्रामको सुरु गरेको बताएका थिए ।

कार्यक्रममा प्राध्यापक सुन्दर गौतम,त्रिभुवन नगर जेसीजका पूर्वअध्यक्ष दिपक शर्मा, मौलाकोट टोल विकास सस्थाका अध्यक्ष गंगाराम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको बारेमा जेसी माधव केसीले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण महासचिव रोशन दाहालले गरेका थिए । नेपाल जेसीज फाउण्डेसनको सहकार्यमा जेसीजले मौलाकोटको पर्यटकिय विकाससँगै आर्थिक,सामाजिक,शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*