Home / Feature Breaking news / दाङ उवासंघको अध्यक्षमा ३ जनाको उमेद्वारी, कसले मार्ला बाजी ?

दाङ उवासंघको अध्यक्षमा ३ जनाको उमेद्वारी, कसले मार्ला बाजी ?

घोराही, २५ साउन

दाङ जिल्ला उद्योग वाणीज्य संघको नयाँ नेतृत्वकालागी ३ जनाको उमेद्वारी परेको छ । यही साउन ३१ गते हुने निर्वाचनकालागी अध्यक्षमा ३ जनाको उमेद्वारी परेको हो । जसमा नेपाली कांग्रेस निकट प्रजातान्त्रीक प्यानलबाट मञ्जु बर्जाचार्य, संघका पूर्वअध्यक्षहरुको समर्थनमा धु्रवकुमार श्रेष्ठ, बामपंथी व्यवसायीहरुको तर्फबाट नारायण भुषालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मञ्जु बज्राचार्य लामो समयदेखी व्यवसायमा आवद्ध भएर उद्योग वाणीज्य संघमा महत्वपूर्ण योगदान पु¥यानुभएको छ । बज्राचार्य व्यवसायीमाझ लोकप्रीय हुनुहुन्छ । नारायण भुषाल पनि लोकप्रीय व्यापारीहरको नेता मानिनुहुन्छ भने धुव्रकुमार श्रेष्ठ संघका पूर्व अध्यक्षहरुको तर्फबाट उमेद्वार बनेकाले बलिया उमेद्वारको रुपमा हेरिएको छ ।
मञ्जु वज्राचार्यले नेतृत्व गरेको प्रजातान्त्रीक प्यानलबाट उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणीज्यमा टंक बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल, कोषाध्यक्षमा सरद खनाल, उद्योग सदस्यमा कमल पोखेल, महिला सदस्यमा विन्दु दाहाल, सदस्यहरुमा मेघराज अर्याल, मिनराज भाट, छविनारायण गिरी, राजकुमार गुप्ता, भुवन पोख्रेल, तेजबहादुर पौडेल(विश्व)ले उमेद्वारी दिनुभएको छ ।
संयुत्त बामपन्थी प्यानलबाट उपाध्यक्षमा एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ ।
संयुक्त प्यानललाई नेकपा एमाले, माओवादी केन्द्र, वैद्य माओवादी, विप्लव नेतृत्वको नेकपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*