Home / Feature Breaking news / केन्द्र र प्रदेशमा आम सञ्चार प्रतिष्ठान ः पोख्रेल

केन्द्र र प्रदेशमा आम सञ्चार प्रतिष्ठान ः पोख्रेल

दाङ, २४ भदौ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले केन्द्र र प्रदेशमा ‘आम सञ्चार प्रतिष्ठान’ गठन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले त्यसका लागि सरकारसंग पहल भइरहेको जानकारी दिनुभयो ।

samman 2

सञ्चार प्रतिष्ठान स्थापना भए पत्रकारहरुको दक्षता र क्षमता बृद्धिमा सहयोग पुग्ने बताउनुभयो । सरकारसंग भएको छलफलले छिट्टै पूर्णता पाउने छ र प्रतिष्ठानको शाखाहरु सातै प्रदेशमा बिस्तार हुने पोखरेलले बताउनुभयो ।

श्रमजीवि ऐनले व्यवस्था गरेको सेवा सुविधा प्रत्येक पत्रकारले पाउनु पर्ने व्यवस्थाका लागि अहिलेको महासंघ नेतृत्वले ध्यान केन्द्रीत गरेको बताउनुभएका पोख्रेलले ऐन कार्यान्वयन गराएरै छोड्ने बताउनुभयो । सञ्चार गृहलाई सेवा उद्योगको रुपमा मान्यता दिनु पर्ने बिषयलाई पनि महासंघले गम्भिरतापूर्वक लिएको छ ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले पत्रकारहरुको पेशागत, भौतिक सुरक्षाका लागि महासंघ गम्भिर रुपले लाग्ने बताउनुभयो । पत्रकारहरु कसैले पनि असुरक्षित महशुस नहुने गरी ढुक्क भएर काम गर्ने वातावरण निर्माण गरिने सचिव जिएमले दाबी गर्नुभयो ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु बसन्त गिरी, पुरुर्षोत्तम सुबेदी, पुर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले बोल्नुभएको थियो । शाखा सचिव भुपेन्द्र वलीले सहजीकरण गरेको कार्यक्रममा स्वागत शाखा उपाध्यक्ष लिला शाहले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*