घोराही, २४ पुस
घोराहीमा जारी छैठौ संस्करणको मेयरकप फुटबल प्रतियोगितामा वडा नम्बर १० ले सानदार दोस्रो जित निकालेको छ ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजना पुस २० गतेदेखी नवलवपुर खेल मैदानमा सुरु भएको मेयरकपमा मंगलवार वडा नम्बर १० ले दोस्रो सानदार जित निकालेको हो ।
पहिलो खेलमा वडा नम्बर ११ लाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै बिजयी सुरुवात गरेको वडा नम्बर १० ले दोस्रो खेलमा वडा नम्बर ८ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
जसमा वडा नम्बर १० का दोर्ण योगीले खेल सुरु भएको दुई मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको थियो । वडा नम्बर १० को तर्फबाट सागर पुन(चौठी)ले २, शिशिर पुन (निरज)ले १ गोल गर्नुभएको थियो ।
वडा नम्बर १० ले तेस्रो खेलमा पुस २६ गते विहीवार १ बजे वडा नम्बर ५ सँग खेल्ने छ ।