Home / Feature Breaking news / नेपाल र मलेसियाबीच शनिबार महिला फुटबल हुँदै

नेपाल र मलेसियाबीच शनिबार महिला फुटबल हुँदै

साफ च्याम्पियनसीप फुटबलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियाको राष्ट्रिय टिमसंग अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एक्ट्रा टर्फ मैदानमा हुने खेलको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
खेलका लागि मलेसियन टिम नेपाल आइसकेको छ । मलेसियाले शुक्रबार प्रिम्याच कन्फ्रेन्सपछि एन्फा कम्प्लेक्सको मैदानमै अभ्यास गर्नेछ ।
खेल शनिबार दिउँसो २:०० बजे हुँदैछ । एन्फाले टिकटका लागि पाँच सय र तीन सय रुपैयाँको दर तोकेको छ । टिकट खेलकै दिन पाइने पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*