Home / Feature Breaking news / डायनामिक लिडर ‘डायमण्ड’

डायनामिक लिडर ‘डायमण्ड’

वैशाख २५, दाङ ।

घोराही उपमहानगरपालिका गठबन्धनका तर्फका साझा मेयर उम्मेद्वार हेमराज शर्मा पोख्रेल (डायमन्ड) २०३१ साल साउन ५ गते जन्मेका हुन् । उनी घोराही उपमहानगरपालिका वडा नं. १५ स्थायी बासिन्दा हुनुहुन्छ । बुवा डिल्लीराज पोख्रेल र आमा कुन्तादेवी पोख्रेलका छोरा हुन् । मेयर पदका उम्मेद्वार शर्मा बाल्यवस्थादेखि नै भद्र, शालिन र सहयोगी भावनाको थिए । बाल्यबस्थादेखि परिवर्तनकारी चिन्तन र सोच भएका शर्मा २०४४ सालमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा १३ वर्षको उमेरमै तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दशौ) मा आबद्ध भई आफ्नो राजनीतिक यात्रा आरम्भ गरे । तत्कालिन कम्युनिष्ट आन्दोलनका धरोहर शहिद कृष्णसेन ईच्छुकले शर्मालाई राजनीतिकर्ममा संगठित गर्दै कम्युनिष्ट आन्दोलनमा अघि सारे । एसएलसी उत्तिर्ण नहुदासम्म करिव चारवर्ष तत्कालीन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दशौ) जिम्मेवारी समाल्दै बसे ।

No description available.

 

२०४८ सालमा एसएलसी उत्तीर्ण गरेपछि घोराहीको महेन्द्र बहुमुखी क्याम्पसवाट बि.कम.सम्मको अध्ययन पूरा गरे । बि.कम. पूरा गरेकै वर्ष शर्मा २०५३ सालदेखि माओवादी जनयुद्धमा पुर्णकालीन कार्यकर्ताकारुपमा सहभागी भई भुमिगत भए । पुर्णकालीन कार्यकर्ताका रुपमा भुमिगत भइसकेपछि शर्माले संगठनात्मक जिम्मेवारी सम्हाले । संगठन बिस्तारको गाउँ कमिटीदेखि सेल कमिटी निर्माण लगायतको काम शर्मा निकै तलिन भए । शर्मालाई सानै उमेरमा कुशलतापुर्वक जिम्मेवारी बहन गरेकाले २०५५ सालमा जनयुद्धरत नेकपा माओवादीको जिल्ला सदस्यको जिम्मेवारी पाए । जनयुद्ध अझ चर्किदै थियो । पार्टीको थप जिम्मेवारी अझ धेरै कार्यभार र संगठन परिचालनको जिम्मेवारी थपियो । २०५९ सालमा जिल्ला सेक्रेटरी हुदै २०६० देखि २०६६ सालसम्म तत्कालीन नेकपा माओवादी केन्द दाङको जिल्ला इन्चार्ज हुदै क्षेत्रीय व्यूरोको जिम्मेवारी सम्हाले । जतिबेला पार्टी शान्ति फर्किसकेको थियो । २०६६ सालदेखि माओवादीमा क्षेत्रीय व्यूरो, केन्द्रीय सदस्य र पोलिटव्यूरो सदस्यसम्मको जिम्मेवारी सम्हालेका शर्मा माओवादीको गत पुसमा सम्पन्न केन्द्रीय महाधिवेशनवाट निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित भए । राजनीतिक कर्मसँगै शर्माले सामाजिक सेवा र अध्ययनलाई समेत निरन्तरता दिदै राजनीतिक शास्त्रमा स्नाकोत्तर तह समेत उत्तीर्ण गरे ।

No description available.

माओवादी आन्दोलनभित्र अत्यन्तै लोकप्रिय छवि बनाउनु भएका तर बाहिर चर्चामा आउन नरुचाउने अत्यन्तै शालिन, भद्र, मिलनसार र बौद्धिक व्यक्तित्व शर्मा पार्टीभित्र मात्रै होईन अन्य राजनीतिककर्मी, सर्वसाधारणहरु सँगको पनि सुमधुर सम्वन्ध गाँस्दै आइरहे । जनयुद्धकालदेखि शान्ति स्थापनापछि त्यो सम्वन्धमा कायम राख्दै पार्टी संगठन विस्तार तथा नागरिक समस्या समाधानका लागि तलिन रहदै आइरहे । जनयुद्धको ‘डायनामिक लिडर डायमन्ड’ नागरिकको समस्या होईन समाधानको बिकल्पका रुपमा आफूलाई चित्रण गर्दै अन्य राजनीतिककर्मी र नागरिक माझ उदाउदै ‘डायमन्ड’ अर्थात जस्तो नाम उस्तै काम गर्दै कुशल, सक्षम, शालिन र भद्र जनताको लोकप्रिय नेताका रुपमा परिचित भए । त्यही परिचय र स्वभावका कारण उनलाई पार्टी सम्वद्ध नेता कार्यकर्ताहरुले मात्रै होईन अन्य राजनीतिककर्मी र सर्वसाधारणहरुको मनमा भिजे । पार्टी संगठन विस्तारका क्रममा आफ्ना कार्यकर्ताहरु मात्रै होईन अन्य शुभेच्छुकहरुसँग हातेमालो गर्दै अघि बढे । जनयुद्धको कुशल संगठकको अनुभव, भोगाई र कर्मलाई नागरिकको सेवामा बदल्दै शर्मा अवसर, प्रतिष्ठा र स्वार्थको भन्दा नागरिक सेवाको राजनीतिकर्मलाई निरन्तर फस्टाउन लागिपरे । त्यही कर्मका कारण अहिले पाँच दलीय गठबन्धनले शर्मालाई घोराही उपमहनगरपालिकाको मेयर पदका अघि सारेका छन् । बौद्धिक, सक्षम, कुशल संगठक, भद्र शालिन र मिजासिलो स्वभावका शर्मा सकारात्मक चिन्तन र सोच भएका शर्मा व्यवस्था अनुरुपको जनताको अवस्था बदल्न लक्ष्यका घोराही उपमहानगरपालिका मेयर पदमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा नेपालको समर्थनमा जनप्रतिनिधि नेतृत्व हात पार्ने चुनावी लडाईमा मैदानमा होमिएका छन् । घोराही उपहानगरलाई समृद्ध, समुनत, सु–व्यवस्थित र जनताको सरकारका रुपमा स्थापित गर्ने लक्ष्य उद्देश्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*