Home / Feature Breaking news / जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास

जनयुद्ध दिवसमा सितली मगरको घर शिलान्यास

दाङ,१ फागुन । घोराहीमा जनयुद्ध दिवसको अवसरमा एक बेपत्ता परिवारलाई घर निर्माणका लागि शिलान्यास गरिएको छ । २७ औं जनयुद्ध दिवसको सन्दर्भ पारेर घोराही उपमहानगरपालिका–१४ ले तल्लो ढोडेनीमा बेपत्ता परिवार सितली मगरको घर निर्माणका शिलान्यास गरेको हो ।

१० बर्से जनयुद्ध तथा बेपत्ता असहाय परिवारको आवास निर्माण कार्यक्रम अन्तरगत ७ लाखको लागतमा घर निर्माणको काम सुरु गरिएको वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले बताए । द्वन्द्वपीडित परिवारलाई स्थानीय सरकारको अभिभावत्व ग्रहणका लागि २१ बर्षदेखि ढेव्लीमा व्यवसाय गर्दै आएकी सितलीको लागि वडा कार्यालयले घर निर्माण गर्न थालेको बताए ।

‘सितलीका श्रीमानलाई तत्कालिन सेनाले बेपत्ता बनाएपछि उहाँ एक्लै ढेव्लीमा बस्दै आउनुभएको थियो । उहाँका लागि हेरचाह गर्ने कोही छैनन्,’वडा अध्यक्ष डाँगीले,‘जसले गर्दा उहाँको अभिभावक्त्व वडाले लिएको छ । उहाँलाई बस्नका लागि घर निर्माणको काम अघि बढाएका छौ ।’ उनले एक जना द्वन्द्वपीडित परिवारको लागि घर निर्माणसँगै वडाले १९ घर परिवारका लागि निशुल्क बिमा, वडामा शहिदहरुको शालिक र पार्क निर्माणलगायतको काम गरेको समेत बताएका थिए ।

कार्यक्रममा घेराही उपमहानगरपालिका वडा न १७ का वडा अध्यक्ष खुसीराम चौधरीले द्वन्द्वपीडित परिवारको निशुल्क बिमादेखी विभिन्न सम्मानका कार्यक्रमहरु समेत गरेको बताएका थिए । घोराही उपमहानगरपालिका वडा न १४ को आर्थिक सहयोगमा निर्माण भएको घरको सिलन्यास कार्यक्रममा द्वन्द्वप्रभावित सरोकार केन्द्र दाङका अध्यक्ष सुशीला चौधरी, नेपाल पत्रकार महासघ दाङ शाखा सचिव आर.के. शीतल, इन्जिनियर विशाल श्रेष्ठ, सक्षम आमा समुह घोराही १४ का सल्लाहकार दिलकुमारी बुढा, नरेश केसी,ढोडेनी टोल बिकास समितिका अध्यक्ष होमबहादुर भण्डारीलगायतले बोलेका थिए ।

वडा सदस्य नैना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संक्रमणकालिन न्यायका लागि जिल्ला सन्जालका संयोजक प्रकाश चौधरीले गरेका थिए । घर निर्माणका लागि स्थानीय तारा बस्नेतले जग्गा उपलब्ध गराएका थिए । सितलीका श्रीमान जीतबहादुर बुढालाई २०५८ साल मंसिर ११ गते तत्कालिन शाही सेनाले बेपत्ता बनाएको थियो ।

श्रीमानलाई बेपत्ता बनाएपछि सितलीले २१ बर्षदेखि ढेब्लीमा जीवन यापन गर्दै आएकी थिइन । उनका सन्तान समेत छैनन् । घर निर्माण गरिदिने भएपछि उनले खुशी व्यक्त गरेकी छिन । मगर्नी नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाजद्वारा द्वन्दपिडीत महिलाहरूकोलागि सञ्चालीत महिला शान्ती र सुरक्षा कार्यक्रमको सदस्य हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*