Home / Feature Breaking news / दाङ उवासंघको निर्वाचनकालागी सबै बाटो खुल्ला, ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध

दाङ उवासंघको निर्वाचनकालागी सबै बाटो खुल्ला, ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध

घोराही, १० असोज

दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गतेको निर्वाचन नरोकिने भएको छ । उच्च अदालत तुलसीपुर र जिल्ला प्रशासन कार्यालयमा परेको उजुरी समाधान भएसँगै निर्वाचन नरोकिने भएको हो । यससँगै व्यवसायीहरु उत्साहित भएका छन् ।

आफ्नो छाता संस्थाको नेतृत्व चुन्नकालागी हुने निर्वाचनमा मतदात गर्नकालागी सम्पूर्ण ढोकाहरु खुलिसकेकाले व्यवसायीहरु उत्साहित भएका हुन् ।

उच्च अदालत तुलसीपुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन रोकि पाँउ भनि परेको उजुरीमा अदालतले अन्तरिम आदेश नदिएपछि जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन परेकाले जिल्ला प्रशासन कार्यालयले उजुरी हुरेको थियो । उजुरीमाथी तीन दिनसम्म भएको छलफल बहसपश्चात उच्च अदालतले अन्तरीम आदेश दिएन ।

उच्च अदालत तुलसीपुरले एउटै विषयको मुद्दा उच्च अदालत र जिल्ला प्रशासन कार्यालय दाङमा परेको भन्दै एकै पटक दुइ निकायले हात हाल्दा न्यायिक अराजकता हुन जाने हुँदा जिल्ला प्रशासन कार्यालय दाङबाट प्रस्तुत निवेदनका सम्बन्धमा न्यायिक हुने भनेको छ । जसकारणले अदालतले अन्तरीम आदेश जारी गरि रहनु नपरेको अदालतले बताएको छ ।

अदालतको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले बुधवार दुबै पक्षका प्रतिनिधी एवं उद्योग वाणिज्य संघका नेतृत्वहरुलाई राखेर छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङमा भएको छलफल पश्चात दाङ जिल्ला उद्योग वाणिज्य संघको संस्थागत सुधार, संस्थाको हित र विधान विपरित नहुने गरि अगाडी बढ्ने सहमति सहित निर्णय भएको छ ।

छलफलमा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु चन्द्रराज पन्त, माधवप्रसाद शर्मा, मधुसुदन बैद्य, हेमराज बञ्जाडे, रामदयाल गुप्ता, धुव्ररा श्रेष्ठ, निवर्तमान अध्यक्ष नारायण भुषाल, वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिव महेन्द्र बुढाथोकीको उपस्थिति रहेको थियो ।

जुन निर्णयले निर्वाचनकालागी सम्पूर्ण बाटोहरु खुला भएको छ । असोज १३ गतेको निर्वाचन गर्नकालागी सम्बन्धीत निकायबाट सम्पूर्ण बाटाहरु खुला भएकाले अब निर्वाचन हुने र निर्वाचनमा ढुक्कसँग मतदान गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघले सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुमा अनुरोध गरेको छ ।

निर्वाचन हुने कि नहुने भन्ने विभिन्न प्रश्न रहेको भएपनि उच्च अदालत तुलसीपुर र जिल्ला प्रशासन कार्यालय दाङमा परेको निवेदनमाथी बृहत छलफल पश्चात निस्कर्षमा पुगेकाले अब निर्वाचन कसैले रोक्न नसक्ने भन्दै निर्वाचनमा ढुक्कसँग उपस्थित भएर आफ्नो मन परेको उमेद्वारलाई मतदात गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरुमा उद्योग वाणिज्य संघले अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*