Home / Feature Breaking news / बस र जिप एक आपसमा ठोक्किदा ६ जना घाइते

बस र जिप एक आपसमा ठोक्किदा ६ जना घाइते

दाङ,२७ असार । दाङमा सवारी दुर्गटनामा ६ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा ६ जना यात्रुहरु घाईते भएका हुन् ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आईतबार दिउँसो एकआपसमा ठाक्किँदा ६ जना घाईते भएका छन् । घाईते हुनेमा जीप चालकसहित सोही गाडीमा सवार यात्रुहरु रहेका छन्। भालुवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस एकआपसमा ठोक्किएका थिए ।

घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिएका छन् । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*