Home / Feature Breaking news / मास्क खोज्दै सिडिओ सडकमा

मास्क खोज्दै सिडिओ सडकमा

दाङ, २७ असार । घोराहीमा आइतवार ‘मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । यस प्रकारको अभियानलाई निरन्तरता दिँदै आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा ‘मास्क खोई ?’ अभियान सञ्चालन गरिएको हो ।

अभियान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्ले, दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मास्क नलगाउनेलाई मास्क वितरण गर्नुका साथै सचेत बनाएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । उनीहरुले पसल तथा सडकमा हिड्ने नागरिकलाई मास्क वितरण तथा मास्कको सही प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले नागरिकलाई स्वास्थ्यप्रति सचेत हुन आग्रह गरेका थिए । आप्mनो स्वास्थ्यप्रति आफै सचेत हुनुपर्ने उनको भनाइ छ । कोभिड–१९ को संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्नुपर्ने भन्दै सचेतना बनाउने काम गरिराखेको उनकले बताए ।

लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कामय नै रहेकाले सचेत हुनुपर्ने बुढाथोकीले बताए । संघले व्यवसायी तथा नागरिकलाई सचेत बनाउने कार्यलाई निरन्तरता दिने संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*