Home / समाचार / लायन्स क्लबद्वारा कैदीबन्दीलाई पुस्तक सहयोग

लायन्स क्लबद्वारा कैदीबन्दीलाई पुस्तक सहयोग

दाङ,२१ कार्तिक । लायन्स क्लव अफ घोराही सिटीद्वारा घोराही कारागारका कैदीबन्दीलाई पुस्तक सहयोग गरेको छ ।

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष विमल श्रेष्ठको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं कारागार प्रमुख बिष्णुप्रसाद पाण्डेको विशिष्ठ आतिथ्यतामा पुस्तक हस्तान्तरण गरिएको हो ।

कुनै पनि कसुरमा कारागारमा सजाय भोग्दै गरेका कैदि वन्दिमा सकारात्मक सोचको विकाससँगै पढ्ने बानीको विकास गर्न आफुहरुले ३३ हजार वरावरको पुस्तक कारकारका कैदिबन्दिहरुको लागी प्रदान गरेको अध्यक्ष विमल श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पुस्तक नै ज्ञानको श्रोत भएको भन्दै वितरण गरिएका पुस्तकको अध्ययनले कैदिबन्दिलाई बौदिक बनाउने बताएका थिए ।

कारागार प्रमुख बिष्णुप्रसाद पाण्डेले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लेखकहरुद्धारा लेखित पुस्तकहरुले कैदीहरुमा नया सोचको विकास गर्दै सिर्जनशिल हुनको लागी टेवा पुर्याउने बताए ।

कार्यक्रम संयोजक लायन्स क्लव अफ घोराही सिटीका सदस्यता बृद्धी सभापति दिपक श्रेष्ठको रहेका थिए भने कार्यक्रमको सहजीकरण लायन्स क्लवका सचिव दिपक सेठीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*