Home / Feature Breaking news / उद्योग वाणिज्य संघमा बागी उमेद्वारी दिने जोशी र शर्मा कांग्रेसबाट निष्कासन

उद्योग वाणिज्य संघमा बागी उमेद्वारी दिने जोशी र शर्मा कांग्रेसबाट निष्कासन

दाङ, १९ पुस
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा बागी उमेद्वार दिने बसन्त जोशी र धनपति शर्मालाई नेपाली कांग्रेस र पजातान्त्रिक उद्यमी संघले कारबाही गरेको छ । पार्टिको निर्णय विपरित उमेद्वारी दिएका जोशी र शर्मालाई पजातान्त्रिक उद्यमी संघले कारबाही गरि निष्कासन गरेसँगै नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ ईकाई समिति, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर समिति र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कारबाही गरि निष्कासित गरेका छन् । प्राजातान्त्रिक उद्यमी संघ, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर १५ ईकाई समिति, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर समिति र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले आईतवार छुट्टाछुट्टै विज्ञप्ती जारी गरि पार्टिबाट कारबाही गरि निष्कासन गरिएको जानकारी गराएका छन् ।
‘दाङ जिल्ला उद्योग वाणिज्य संघको यही पुस २० गते हुने निर्वाचनमा संघको सहमति विपरित उमेद्वारी दिई संस्थागत निर्णय विपरित गतिविधीहरु सञ्चालन गरेकाले भन्दै सदस्य समेत नहरने गरि कारबाही गरिएको छ’ प्राजातान्त्रिक उद्यमी संघको विज्ञप्तीमा भनिएको छ ।
‘दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उमेद्वारी दिएका बसन्त जोशीलाई नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं १५ ले क्रियाशिल सदस्य तथा साधारण सदस्य समेत नरहने गरि कारबाहीे लागि सिफारीस गरिएकोे जानकारी गराईन्छ ।’ नेपाली कांग्रेस घोराही उपमहानगरपालिका १५ वडा ईकाई सभापति प्रकाश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
‘नेपाली कांग्रेसका सुवेच्छुक संस्था प्राजातान्त्रिक उद्यमी संघ घोराहीले संस्थाको संस्थागत निर्णयको अवज्ञा गरि दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उमेद्वारी दिएका बसन्त जोशीलाई कारबाही गरि साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको हँुदा निजलाई नेपाली कांग्रेस घोराही नगर समितिको सदस्यबाट कारबाही गरि निष्काशन गरिएको जानकारी गराईन्छ ।’ घोराही उपमहानगरपालिका नगर ईकाइ सभापति मनोज बुढाथोकीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा भनिएको छ ।
‘दाङ जिल्ला उद्योग वाणिज्य संघको यही पुुस २० गते हुने निर्वाचनमा उमेद्वारी दिएका बसन्त जोशी र धनपति शर्मालाई सहमतिको निर्णय विपरित कार्य गरेकाले प्रजातान्त्रिक उद्यमी संघ र नेपाली कांग्रेस घोराही नगर समितिले कारबाही गरिसकेकाले निजहरुलाई नेपाली कांग्रेसबाट कारबाही गरि निष्कासन गरिएको हुँदा आजको मितिदेखी निजहरुको नेपाली कांग्रेसमा कुनै पनि संलग्नता नरहेकोे जानकारी गराउदछौ । साथै पुस २० गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा निजहरुको पक्षमा नलागी सर्वदलिय सर्वपक्षीय निर्णयमा साझा उमेद्वार बनेका अध्यक्ष पदका उमेद्वार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उमेद्वार सुशील पोख्रेललाई मतदान गर्नुहुन सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुमा हार्दिक अपील गर्दछौ ।’ नेेेेपाली काग्रेस दाङ क्षेेत्र नम्बर २ का सभापति भुपबहादुर डागीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*