Home / समाचार / दाङ उवासंघको निर्वाचन नरोकिने

दाङ उवासंघको निर्वाचन नरोकिने

दाङ, १० असोज ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन नरोकिने भएको छ । उच्च अदालत तुलसीपुरले अन्तरीम आदेश नदिए पछि निर्वाचन निर्धारित समयमा नै हुने भएको हो । उच्च अदालतमा दाङ उद्योग वाणिज्य संघको निर्वाचन रोकि पाउ भनेर उजुरी परेपनि अदालतले अन्तरीम आदेश भने दिएन् ।

उम्मेद्वार दिएका विरुद्ध उजुरी परेपनि निर्वाचन समितीले सवैको उम्मेद्वारी सदर गरेको भन्दै निर्वाचन रोक्न माग गदै दिपेन्द्र पुनले उजुरी दिएका थिए । उच्च अदालतले एउटै विषयको मुद्दा उच्च अदालत र जिल्ला प्रशासन कार्यालय दाङमा परेको भन्दै एकै पटक दुइ निकायले हात हाल्दा न्यायिक अराजकता हुन जाने हुदा जिल्ला प्रशासन कार्यालय दाङ वाट प्रस्तुत निवेदनका सम्वन्धमा न्यायिक हुने भनेको छ ।

यसै कारणले अदालतले अन्तरीम आदेश जारी गरि रहनु नपरेको अदालतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*