Home / Feature Breaking news / शोषण र दमनको अन्त्यकालागि सचेतना

शोषण र दमनको अन्त्यकालागि सचेतना

देवी भण्डारी
घोराही, ९ असोज
समुदायमा भएको शोषण र दमनको अन्त्य नगर्दा सम्म दलित समुदायको शसक्तिकरण नहुने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला संघ जिल्ला शाखा दाङले अयोजना गरेको ‘जिल्लामा दलित महिला माथि हुने जातीय विभेद एवं लैङ्गीक हिंसाको अवस्था’ विषयक सरोकारवालसँगको जिल्ला स्तरिय अन्तरक्रियामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

दलित महिला संघका अध्यक्ष युवा कराराको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतित्थ्याता र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपालीले दलित समुदायको समस्याको समाधान गर्न कानुन बनाएर मात्र समाधान गर्न नसकिने भन्दै पहिले आफ्नो स्वभावमा परिवर्तन गर्न आग्रह गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हामीले बोलीमा मात्र परिर्वतन मिसाउने र व्यवहारमा परिवर्तन गर्न नसक्दा नै दलितका समस्याको समाधान गर्न समस्या भएको भन्दै दलितको लागी दलित मात्र नभईसबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

घोराही उपमाहानगरपालिका प्रमुख नरुलाल चौधरीले समाज तथा राज्यले स्वीकार गरेको विभेदको अनत्य कसरी गर्न सकिन्छ भन्नेमा लागी पर्नु आजको आवश्यकता भएको भन्दै समाजबाट हुने शोषणको अनत्य गर्नको लागी आफुबाटै शुरुवात गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला बार एशोसिएसनका अध्यक्ष प्रदिपकुमार गौतम, विधवा महिला सरोकार केन्द्रको अध्यक्ष हुमा डिसी, मानव अधिकारकर्मी केशव शर्मा, महिला बालबालिका कार्यलयका राम थापा, पत्रकारहरु नविन अभिलासी, जनक नेपाली, आजाद खड्का, गिरिराज नेपाली, मुक्तकमलरी मञ्चकी उर्मीला चौधरी लगायतले बोल्नुभएको थियो । दलित महिला संघकी वविता विश्वकर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सन्तोस चुनारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*