Home / Feature Breaking news / क्लबले जोड्यो सडक बत्ति

क्लबले जोड्यो सडक बत्ति

दाङ, ९ असोज

घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा एक युवा क्लवले तीन वटा टोलमा सडक बत्ति जडान गरेको छ ।

ज्यामिरे युवा क्लवले त्यहाँकारामपुरा टोल,बडहरा टोल र सैलुन टोलमा सडक बत्ति जडान गरेको हो । यि तीन वटा टोलमा बीस वटा बत्ति जडान भएको क्लवका अध्यक्ष ऋषि पोख्रेलले जानकारी दिएका छन् ।

उनका अनुसार रातीमा पैदल यात्रीहरुलाई हिँड्न र गाउँको सुरक्षाका लागि सडक बत्ति जडान गरिएको हो । ‘गाउँमा चोरी डकैती लगाएतका आपराधिक घटना न्यूनिकरणका लागि र बाटोमा रातको समयमा हिँड्डुल गर्नलाई सहज होओस् भन्ने उदेश्यले सडक बत्ति जडान गरिएको हो,’क्लबका अध्यक्ष पोख्रेलले भने ।

सडक बत्ति जडानका लागि घोराही उपमहानगरपालिकाले पनि सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*