घोराही, ९ असोज
राप्रपाका केन्द्रिय सदस्य कोमल वली एमालेमा प्रवेश गरेकी छिन् । गृहजिल्ला दाङमा एक कार्यक्रमका विच वली एमालेमा प्रवेश गरेकी हुन् ।
केही महिना अगाडी रेडियो नेपालको जागिर छोडेर राप्रपामा प्रवेश गरेकी कोमल पार्टी फुटेसँगै एमालेमा जाने तयारीमा रहेकी थिईन् । उनी गृहजिल्लाबाटै एमालेमा प्रवेश गरेकी हुन् । उनलाई एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टि प्रवेश गराएका हुन् ।
एमालेमा प्रवेश गरेकी कोमलले देशको एकमात्र राष्ट्रवादी पार्टि एमाले भएको भन्दै राष्ट्रियतको पाक्षमा आफू भएका कारण एमालेमा प्रवेश गरेको बताईन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले काग्रेससँगको लोकतन्त्रले देशको समृद्धि हुन नसक्ने बताएका छन् ।
‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’ लाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले यथास्थीतिवादी काग्रेससँग खोक्रो लोकतन्त्र र प्रजातन्त्र भएको भन्दै खोक्रो लोकतन्त्र र प्रजातन्त्रले नेपाल र नेपाली जनताको समृद्धि हुन नसक्ने उनले बताए । गौतमले एमालेले ५ वर्ष भित्रमा देशबाट गरिबी हटाउने दाबी गरे ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले राष्ट्रको रक्षार्थ र मुलुकको आर्थिक समृद्धिकालागि नेकपा एमालेको विकल्प नरहेको बताए । मुलुकको समृद्धि काग्रेस र माओवादीले गर्न नसक्ने भन्र्दै नेता पोख्रेलले देशको विकासको नेतृत्व एमालले मात्र गर्ने सक्ने बताए ।
एमालेमा प्रवेश गरेका दाङ निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका काग्रेसका नेता बलिभद्र रानाले एमालेको जित विना दाङको विकास हुन नसक्ने बताए । नेपाली काग्रेस र माओवादीमा व्यक्तिवादी प्रवृति मौलाउदै गएकाले ती पाटीवाट दाङको विकास हुन नसक्ने बताए ।
काग्रेस र माओवादी जनतावाट तिष्कृत भएको भन्दै उनले आगामी निर्वाचनमा दुवै पार्टी मिलेर आएपनि दाङमा एमालेसँग पराजित हुने उनको दावी थियो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य यामेन्द्र वली, नयाँ शक्ति नेपाली केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय सदस्य कमला देउजा, काग्रेस नेता डिल्लीबहादुर खड्का, दाङ निर्माण व्यवसायी संघका पूर्व महासचिव विकास पुन, राप्रपाका नेताहरु मानबहादुर गोल्डस्थीत, बलिभद्र वलीलगायतका १५ विभिन्न पाटीहरु परित्याग गरि एमालेमा प्रवेश गरेको एमालले जनाएको छ ।