घोराही, ३० कार्तिक
नेपाली कांग्रेसका उमेद्वारहरुलाई विजयी बनाउनकालागि महिला संघले वुधवारदेखी सुरु गरेको घरदैलो कार्यक्रम आज विहीवार पनि जारी रहेको छ ।
आज पनि घोराही उपमहानगरपालिका वडा नम्बर १५ को भरतपुर क्षेत्रका विभिन्न टोलहरुमा पुगेर महिला संघमा आवद्ध महिलाहरुले घरदैलो गर्दै कांग्रेसको पक्षमा मत मागेका छन् ।
विहीवार कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा रानाको नेतृत्वमा घरदैलो भएको थियो । साथै यो घरदैलो निरन्तर जारी रहने महिला संघका रीता खनालले जानकारी दिनुभयो ।