दाङ, १५ असोज
घोराहीमा महामानव विपी कोईरालाको शालिक निर्माण गर्न सुरु गरिएको छ ।
जिल्लाको सदरमुकाम घोराहीमा विपीको शालिक निर्माण गर्न सुरु गरिएको हो ।
नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखी पश्चीमतर्फको चोकमा विपीको शालिक निर्माण सुरु गरेको हो ।
आज सोमवारदेखी शालिक निर्माणको कार्य सुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले शालिक निर्माणको संयोजक गरेको छ ।
करिब १७ लाखको लागतमा शालिक पूर्ण रुपमा तयार गरिने क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिनुभयो । मंसीर मसान्तसम्म निर्माण सकिने पनि उहाँले बताउनुभयो । २
०६३ असार २७ गतेको साविक घोराही नगरपालिकाको बैठकले सो स्थानमा शालिक निर्माणकालागि बोर्ड बैठकले निर्णय गरेको थियो ।
जसको २०७१ साल साउन ६ गते नेपाली कांग्रेसका प्रभावशाली नेता स्व.खुमबहादुर खड्काले शिलन्यास गरेका थिए । शालिक तयार भईसकेको कांग्रेसले बताएको छ ।
शालिक निर्माणकालागी सहयोग गर्न सम्पूर्णमा कांग्रेस दाङले अनुरोध गरेको छ ।