Home / Feature Breaking news / ओझेलमा सहिदपार्क तथा सास्कृतिक संग्रालय

ओझेलमा सहिदपार्क तथा सास्कृतिक संग्रालय

लिलाधर वली
दाङ,१० भदौ । राज्यको बेवस्थाका कारण घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको सहिद पार्क तथा सास्कृतिक संग्रालय ओझेलमा परेको छ । २०५६÷०५७ सालतिर भरतमोहन अधिकारी अर्थमन्त्री हुदा उदघाटन भएपनि अहिलेसम्म पार्क निर्माणले पूर्णता पाउन सकेको छैन । पार्क उदघाटन भएको करिव दुई दशक वितिसक्दा समेत पार्क निर्माणले पूर्णता प्राप्त गरेको छैन ।

अहिलेसम्म पार्कको नाममा रहेको करिव ढाईदेखि ३ तीन विगाह जमिनमा पर्खाल लगाउने र नेत्रलाल अभागीको शालिक निर्माण गर्ने काम मात्र भएको सहिद पार्क तथा सास्कृतिक संग्रालय निर्माण समितिका अध्यक्ष दीपक चौधरीले बताए । ‘मन्त्रीले उदघाटन गरेपछि तत्कालिन जिल्ला विकास समितिवाट तीन लाख र घोराही नगरपालिकावाट केही बजेट छुट्याएर पार्कको नाममा रहेको जग्गामा पर्खाल लगाउने काम गरेका हौ’,अध्यक्ष चौधरीले भने,‘त्यसपछि जिल्लास्तरमा कतैवाट पार्क तथा सास्कृतिक संग्रालयको लागि बजेट परेको छैन ।’ घोराही उपमहानगरपालिकामा हरिप्रसाद पाण्डेय कार्यकारी अधिकृत रहदा सहिद पार्क तथा सास्कृतिक संग्रालयको विकासका लागि पहलसँगै बजेट बिनियोजन गर्ने गरेपनि त्यसपछि पार्कको विकासका लागि नगरपालिकावाट पनि बजेट बिनियोजन हुन छोडेको अध्यक्ष चौधरी बताउछन ।

पार्कलाई विभिन्न जातजाति,धर्म,सस्कृतिको पहिचानसँगै पिकनिक स्पोर्टका लागि ठाउँ निर्माण गर्ने,धारा,सौचालय,बाल उद्यानलगायत निर्माण गर्ने गरि तत्कालिन जिल्ला विकास समितिले गुरुयोजना निर्माण गरेको अध्यक्ष चौधरी बताउछन । तर गुरुयोजना अनुसार काम हुन नसक्दा अहिले उक्त क्षेत्र गौचरणका रुपमा रहेको छ ।
अध्यक्ष चौधरीका अनुसार उक्त क्षेत्रमा सहिदहरुका शालिक, मन्दिर, पोखरी, बालउद्यान, प्रतिक्षालय,सास्कृतिक पहिचान झल्काउने बस्तुहरु राख्नकालागि भवन निर्माणलगायतका योजनाहरु अलपत्र अवस्था रहेका छन ।

बजेट अभावका कारण पुरा जमिनमा पर्खाल लगाउन समेत सकिएको छैन । ‘सहिद पार्क तथा सास्कृतिक संग्रालय निर्माण हुने भएपछि स्थानीय समेत खुशी भएका थिए’,स्थानीयवासी समेत रहेका अध्यक्ष चौधरीले भने,‘तर बषौदिन वितिसक्दा समेत पार्कको निर्माणले गतिनलिदा स्थानीयमा निराशा छाएको छ ।’
सुरुमा केही बजेट पार्ने गरिएपनि पछिल्लो ७ ÷८ बर्षदेखि सरकारले उक्त पार्कको विकासका लागि बजेट समेत छुट्याउन छोडेको स्थानीयहरु बताउछन । सरकारले नै गाउँमा पार्कसँगै विभिन्न सास्कृतिक पहिचान झल्काउने गरि पार्क निर्माण गरिदिने भएपछि हामीहरु खुशी भएका थियो तर पार्क निर्माण सुरु भएको बर्षाैवितिसक्दा समेत पार्क निर्माण हुन नसक्नु दुखद भएको स्थानीय सिमल चौधरीले बताए ।
parka
सहिद पार्क तथा सास्कृतिक संग्रालय निर्माणकालागि बजेट बिनियोजन गरिदिन पटक पटक तत्कालिन जिल्ला विकासदेखि घोराही उपमहानगरपालिकासँग आग्रह गरेपनि हुन्छ भन्ने आश्वासन दिने तर बजेट नदिने गरेको उनको भनाई छ । पहिलेको तुलनामा अहिले स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि पार्क तथा सास्कृतिक संग्रालय निर्माणका लागि बजेट बिनियोजन हुन्छ कि भन्ने पलाएको थियो तर अहिले पनि बजेट नपरेपछि स्थानीयको मन खिन्न भएको चौधरी बताउछन ।

‘पहिले जिल्ला विकास तथा नगरपालिकामा कर्मचारीहरु पार्क निर्माणमा वास्था गरेनन् कि भन्ने लागेको थियौ’,अध्यक्ष चौधरीे भने,‘तर स्थानीय तहमा जनप्रतिनिधि आईसक्दा समेत बजेट बिनियोजन हुन सकेन,यो दुखद कुरा हो ।’ अहिलेसम्म उक्त पार्कमा नेत्रलाल अभागीको शालिक, शिव–पावर्ती तथा राधा–कृष्णको मन्दिर र एउटा भवन रहेको छ । त्यस्तै नेपाल मगर संघको पहलमा पार्कको मुल गेटमा सहिद लखन थापाको सालिक राख्ने काम मात्र भएको छ । बाँकी अन्य पूर्वाधार विकासदेखि विभिन्न जातजातिका सास्कृतिक पहिचान झल्काउने बस्तुहरु राख्नका लागि भवन निर्माणको कार्य पुरा हुन सकेको छैन । गतबर्ष वडा नं. १५का वडाअध्यक्ष रमेश पाण्डेका सहयोगमा एउटा मन्दिर निर्माण गरिएको समेत अध्यक्ष चौधरी बताउछन ।

पार्क तथा सास्कृतिक संग्रालय निर्माणकालागि वडा कार्यालयलाई आग्रह गरेपनि वडाले बजेट बिनियोजन नगरेको समितिलको गुनासो रहेको छ । ‘पार्कको निर्माणको बाँकी रहेको काम पुरा गर्न वडा कार्यालयवाट बजेटको अपेक्षा गरेका थियौ’,अध्यक्ष चौधरीले भने,‘तर वडाअध्यक्ष यसबर्ष बजेट सिचाईमा लगाएकाले छुट्याउन सकेनौ भनेर जवाफ दिनुभयो ।’ त्यस्तै पार्क घोराही उपमहानगरपालिकाको सम्पतीका रुपमा रहेपनि उपमहानगरपालिकाले समेत बेवास्था गर्ने गरेको स्थानीयको आरोप छ ।

तर वडा अध्यक्षले भने वडाको बजेटवाट पार्क व्यवस्थानका लागि बजेट अपुग हुने भएकाले आफुले उपमहानगरपालिकाम पठाईदिएको बताए । ‘स्थानीयहरुले पार्क व्यवस्थापनको लागि रकम माग गर्नुृभएको थियो,तर वडावाट त्यती ठुलो रकम उपलव्ध गराउन नसक्ने भएकाले उपमहानगरपालिकामा पठाएका थियौ’,वडाअध्यक्ष खुशीराम चौधरीले भने,‘भने खै के कति कारणले हो,उपमहानगरपालिकाले पनि पार्क व्यवस्थापनकालागि बजेट छुट्याएन ।’ पार्क तथा सास्कृतिक संग्रालयको व्यवस्थापन आवश्यक रहेपनि पार्क व्यवस्थापनको लागि ठुलो रकम आवश्यक पर्ने भएकाले वडाको बजेटले नभ्याउने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*