Home / Feature Breaking news / जीवन बुझन् ‘क्लोज क्याम्प’

जीवन बुझन् ‘क्लोज क्याम्प’

लिलाधर वली

दाङ, १६ असोज । घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी रुपेश केसी गुरुकुल एकेडेमीमा कक्षा ९ मा पढ्छन । कक्षामा अध्ययनरत विद्यार्थीहरुको तुलनामा उनी अव्वल विद्यार्थीका रुपमा छन् । तर उनलाई बाहिरी बातावरणको बारेमा त्यती थाहाँ छैन । अरु तँ के कुरा उनलाई विगतमा खाना बनाउन समेत आउदैन थियो ।

तर अहिले खाना बनाउन सक्ने भएका छन । सोमवार बंगलाचुली गाउँपालिका–२ मर्पेसडाडामा भेटिएका रुपेशले ३ दिनको जंगल बसाईका क्रममा समयको महत्वसँगै सहरदेखि बाहिरको समाज चिन्ने मौका पाएको बताए । ‘घरमा आमा,बुबा र दिदी हुनुहुन्छ, मैले केही काम गर्न पर्दैन थियो, तर यहाँ साथीहरुसँग मिलेर खाना बनाउने, पानी बोक्ने, दाउरा खोज्नेलगायतका काम गर्ने गरेको छु’, रुपेशले भने,‘ यहाँ आउदाको पहिलो दिन अप्ठेरो भएपनि अहिले रमाइलो लाग्दै बताएको बताउँछन ।’ उनका अनुसार सहरीया सुगम जीवन छोडेर पहाडको अप्ठेरो परिस्थीतमा कसरी जीवनयापन गर्न सकिन्छ भनेर अनुभव गरिरहेको समेत बताए ।

student

‘घरमा धारा छ,तर घरमा पानी समेत भरेको थिएन । यहाँ १५ देखि २० मिनेटसम्म समय लगाएर धारामा गएर पानी ल्याउने गरेका छौ’,उनले भने,‘पहाडमा पानीको निकै समस्या छ । टाढा गएर पानी ल्याउनुपर्ने भएकोले विहानै ५ बजे उठ्ने गरेका छौ ।’ व्यक्तिगत सरसफाई,योगालगायतका अभ्यास गरेपछि टेन्टमा नै बसेर अध्ययन समेत गर्ने गरेको उनले बताए । करिव ३ घण्टा शिक्षकहरुले पढाएपछि अन्य कामहरु समेत गर्ने गरेको उनले बताए । विद्यालयले बन्द क्यापमा आफुले कठिन परिस्थीतमा कसरी जीवन चलाउन सकिन्छ भनेर सिकेको विद्यार्थी बर्षा लम्साल बताउछिन । ‘कक्षा नौसम्म अध्ययन गर्दा घरमा खाना बनाउनु परेको थिएन, बुबा–आमालाई जे भने त्यही पु¥याईदिनुभएको थियो’,लम्सालले भेनिन्,‘तर यहाँको जीवन अलि फरक छ,यहाँ आफुलाई चाहिएको सामाग्री आफै खोज्नुपर्छ ।’ घरमा बस्ने र स्कुलमा किताव पढ्ने काम मत्र गरेका थियौ तर यहाँ हामीहरुलाई घर र विद्यालयदेखि टाढा आएर आफै काम गर्दै पढ्दा रमाइलो लागिरहेको छ ।

guru

‘घरमा मैले काम गर्दिन,बाबाआमाले सवै काम गर्नुहुन्थ्यो । केही आफुले भनेको भइन रिसाईदिन्थे’, लम्सालले भनिन्,‘यहाँको बसाई फरक छ, खाना बनाउने, खाना बनाउनकालागि पानी ल्याउने,दाउरा खोज्ने सवै काम आफै गर्नुपर्छ ।’ सधै किताव शिक्षा पढेकी उनलाई पहाडको डाडामा बसेर अध्ययन गर्दा रमाइलो लागेको छ । ‘सुरुमा आउदाको दिन पहाडमा कसरी बस्ने होला झै लागेको थियो’, उनले भनिन्,‘तर पहाडको चिसो हावा,हरियाली बातावरण,साथीहरुसँगै मिलेर काम गर्दा नयाँ अनुभति भएको छ ।’ यो बसाईले समयको महत्वसँगै सामाजिक कार्य,आपसी सदभाव,कठिन परिस्थीतिमा कसरी जीवनयापन गर्न सकिन्छ भनेर सिक्दै गरेको बताइन ।
गुरुकुल कक्षा ९ मै अध्ययन गर्ने विद्यार्थीहरु जीवेश वली र प्रदीप श्रेष्ठको अनुभव पनि उनिहरु उस्तै छ । उनीहरु पनि गत शनिवारदेखि मर्पेसमा रहेको गुरुकुलको बन्द शिविरमा बस्दै आएका छन । नयाँ ठाउँमा नयाँ तरिकाले बस्दा आफुलाई नयाँ सिकाईसँगै प्रकृतिसँग कसरी जीवनयापन गर्न सकिन्छ भनेर सिकाई भएको बताए । त्यससँगै सामाजिक कार्य, सामुहिक काम, जीवन उपयोगी शिक्षा,वनवातावरण सम्वन्धी जानकारी, कठिन परिस्थीतमा कसरी जीवनयापन गर्न सकिने रहिछ भनेर बुझ्ने प्रयास गरिहेको उनले बताए ।st

विद्यार्थीहरुलाई सुगमतामा मात्र नभएर कठिन परिस्थीतिमा कसरी घुलमिन गराउन किन्छ भनेर नै विद्यालयले ८ दिनको शिविर गरेको विद्यालयका प्रिन्सीपल तथा बन्द शिविरका कोर्डिनेटर टिकाजंग विकेले बताए । यो बसाईका क्रममा विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै प्रकृतिसँग कसरी रमाउने, सुखी र सहरिया जीवन मात्र होइन ग्रामीण क्षेत्रमा रहेको सेवा विमुख क्षेत्रमा कसरी बस्न सकिन्छ भनेर विद्यार्थीहरुलाई सिकाउने उद्देश्यले विद्यालयको बार्षिक कार्यक्रम अनुसार ल्याइएको उनले बताए । एकेडेमीको हरेक बर्ष जिल्लाका दुर्गम क्षेत्रमा यस्तो कार्यक्रम सञ्चालन गर्ने योजना भएको विद्यालयले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले विद्यार्थीहरुको सिर्जनात्मक विकासका लागि गुरुकुलले राम्रो कामको थालनी गरेको बताए ।

विद्यार्थीहरुको क्षमताअभिवृद्धिसँगै कठिन अवस्थामा कसरी जीवनलाई सहज बनाउन समेत सहयोग पु¥याउने उनले बताए । विद्यार्थीहरुलाई स्कुलमा मात्र पढाउने होइन बाहिरी बातावरणको पनि ज्ञान गराउनुपर्छ भन्ने उद्देश्यले सहरभन्दा टाढा जंगलको पहाडमा क्याप बनाएर विद्यार्थीहरुलाई पढाइरहेको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्तराज घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*