घोराही, १ फाल्गुन
शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा मंगलवार भव्य मेला लागेको छ । मेलामा दाङ लगायत विभिन्न जिल्लाबाट हजारौको भक्तजनहरुको आएका थिए ।
विश्वको सबैभन्दा ठृलो र अल्गो त्रिशुल रहेको मन्दिरको रुपमा पहिचान बनाएको पाण्डवेश्वर मीन्दिरमा लागेको मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको छ ।
वडा स्तरिय युवा सञ्जालको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा कलाकारहरु गायक दुर्गेश थापा, गायक मिस्टर आर.जे लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा युवा पुस्ताका रोजाई बनेका गायक दुर्गेश थापा र आर.जेले उत्कृष्ट प्रस्तुति राखेका थिए । गायक दुर्गेशले ‘उठ गोर्खाली…..’ बोलको राष्ट्रिय गितबाट प्रस्तुति सुरु गरेका दुर्गेशले आफ्ना लोकप्रीय गीतहरु गाएका थिए । उनले ‘कि दुर्गेश जेलमा कि दुर्गेश जेलमा, रेलमा चढी हुईकीन बेर छैन, रातोरातो खुर्सानी पिरो छ क्षत्रीको छोरो हिरो छ, यस्तै यस्तै गीत गाउछ गलकोटे’ बोलका गीतहरु प्रस्तुति राखेका थिए ।
उनले आफूले अभिनय गरेको र गायक रमेशराज भट्टराईको स्वरमा रहेको ‘बेहुला बनाउछु भन्थी बेहुला बनाएर गई’ बोलको गीत पनि प्रस्तुत गरेका थिए । उनलाई गायक एवं र्यापर राजेन्द्र भट्ट(मिस्टर आर.जें)ले साथ दिएका थिए ।
यस्तै मिस्टर आर.जेले पनि आफ्ना गीतहरु पनि प्रस्तुत गरेका थिए । उनकोे ‘यतियत िपानी, धौलीको त ब्या भैगयो, चुईगम पड्क्याउना, ब्रेक फेल’ लगायतका गीत प्रस्तुति गरेका थिए ।
कार्यक्रममा मोडल लीला गिरी, गायक टोपेन्द्र विष्ट, मधुसुदन डाँगी, समीक्षा सेर्पाईली, लोसिना लामीछाने, याङ्सु श्रेष्ठ लगायतकाले प्रस्तुति राखेका थिए । वडा स्तरिय युवा सञ्जालका अध्यक्ष गुमानसिंह कार्कीको अध्यक्षता एवं युवा नेता विवेक श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण मुस्कान नेपालीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थितलाई कार्यक्रम संयोजक विवेक बुढाथोकीले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रममा वुधवार गायक सरद समीप, रोशन वली लगायत कलाकारहरुको प्रस्तुति रहने वडा स्तरिय युवा सञ्जालले जानकारी दिएको छ ।
धारापानी मेलालाई व्यवस्थित गर्न बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यातायात आवागमनलाई व्यवस्थित गर्न वन वे सडकको ट्राफिक व्यवस्थापन गरिएको थियो ।