Home / Feature Breaking news / प्रतिष्ठानकाे सल्लाहकारमा बुढाथाेकी

प्रतिष्ठानकाे सल्लाहकारमा बुढाथाेकी

घाेराही, १२ चैत
दाङका प्रतिष्ठीत युवा व्यवसायी खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे । दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई विहीवार सल्लाहकारमा चयन गरिएकाेमा पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ ।
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङमा अध्यक्ष राजेन्द्र दाहालले सल्लाहकारमा चयन गरेकाे पत्र बुढाथाेकीलाई प्रदान गर्नुभएकाे थियाे । पत्र ग्रहण गर्दै बुढाथाेकीले संस्थागत विकासकालागी अाफू सधै तयार रहेकाे बताउनुभएकाे थियाे । त्यस अवसरमा सल्लाहकार महेन्द्र बुढाथाेकी, नेपाल पत्रकार महासंघ दाङका काेषाध्यक्ष अार.के.शीतलकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*