Home / खेलकुद / ‘खेल क्षेत्रको विकासका लागि सवैको सहयोग आवश्यक’

‘खेल क्षेत्रको विकासका लागि सवैको सहयोग आवश्यक’

दाङ,२७ भदौ । जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता घोराहीमा सुरुभएको छ । भरतपुर आईटिएफ तेक्वान्दो डोजाङको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो संघको सहकार्यमा सुरु भएको प्रथम जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताको जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले उद्घाटन गरेका हुन ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख नेपालीले खेलकुद क्षेत्रको विकासले व्यक्तिगत रुपमा खेलाडीसँगै जिल्लाको समेत विकास हुने बताए । स्वाथ्यका दृष्टिले महत्वपुर्ण मानिने खेलकुद क्षेत्रको विकास गर्न सके जिल्लाको पहिचान समेत राष्ट्रहुदै अन्तराष्ट्रिय क्षेत्रसम्म पुग्ने बताए ।

उनले त्यसका लागि निश्चित खेलहरु मात्र नभएर सवै खेलहरुको समान रुपमा विकास हुन समेत आवश्यक रहेको बताएका थिए । आईटिएफ तेक्वान्दोका क्षेत्रमा नयाँ खेलाडीहरु उत्साह जनक सहभागिताले खेलको राम्रो सम्भावना देखाउको समेत बताएका थिए ।

iff
कार्यक्रममा दाङ जिल्ला फुटबल संघका सचिव नरेन्द्र पुनले राज्यले राष्ट्रिय मान्यता प्राप्त गरेका खेलहरुको विकास लागि समान रुपमा हेर्नुपर्ने बताए । राष्ट्रको गहनाका रुपमा रहेको खेल क्षेत्रको विकास लागि राज्यले समान रुपले हेर्न सके नयाँ खेलाडीहरु उत्पादनसँगै खेल क्षेत्रका विकासमा महत्वपुर्ण हुने बताएका थिए । दाङ आईटिएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा भएको प्रतियोगिता शुक्रवार र शनिवार गरि दुई दिनसम्म चल्न्े छ ।

प्रथम जिल्ला स्तरिय प्रतियोगितामा जिल्लाभरका चार डोजाङका महिला र पुरुष खेलाडीहरु गरि करिव एक सय खेलाडीहरुको सहभागिता रहेको आयोजक भरतपुर आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिए । खेल क्षेत्रको विकास र खेलाडीहरुमा उत्साह थप्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा २० केजीदेखि ५५ केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहेको छ ।

itf

भरतपुर आईटिएफ तेक्वान्दो डोजाङका अध्यक्ष भिमबहादुर थापाको स्वागत मन्तव्यवाट सुरुभएको प्रतियोगिता प्रथम,द्धितिय र तृतीय हुने खेलाडीहरुले ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए । भरतपुर आईटिएफ तेक्वान्दो डोजाङले गतबर्ष घोराहीमा प्रदेशस्तरिय च्याम्पियनसिप प्रतियोगित समेत आयोजना गरेको थियो । जिल्लामा आईटिएफ तेक्वान्दो खेल क्षेत्रको विकासमा विगत विगत लामो समयदेखि डोजाङ संक्रिय रहदै आएको डोजाङका खेलाडीहरुले राष्ट्रिय तथा प्रदेशस्तरिय खेलहरुमा मेडल समेत प्राप्त गर्दै आएका छन ।

यसैविच दाङ जिल्ला फुटबल संघका सचिव नरेन्द्र पुनले कार्यक्रममा दाङ आईटिएफ खेल क्षेत्रको विकास तथा खेलाडीहरुको उत्साहका लागि प्रतियोगितालाई पाँच हजार रुपैया सहयो गरेका थिए । ृउक्त रकम पुनले संघका जिल्ला अध्यक्ष प्रेम बुढालाई प्रदान गरेका थिए ।

narendra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*