Home / समाचार / खेलकुद क्षेत्र राष्ट्रको गहनाः सांसद चौधरी

खेलकुद क्षेत्र राष्ट्रको गहनाः सांसद चौधरी

दाङ,२७ भदौ । खेलकुद क्षेत्र राष्ट्रको गहना भएको प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले बताएका छन । दाङको घोराहीमा पहिलो पटक भएको जिल्लास्तरिय मार्शल आर्ट्स हाप्किडो प्रतियोगिताको शुक्रवार उद्घाटन गर्दै प्रदेशसभा सदस्य सदस्य चौधरीले राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकास लागि राज्यले ध्यान दिनुपर्ने बताएका हुन ।

खेल हरेक व्यक्तिको स्वास्थ्यका दृष्टिले समेत महत्वपुर्ण रहेको खेलकुद क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताएका थिए । मार्शल आर्ट अहिले हरेक व्यक्तिको आत्म रक्षाका लागि समेत आवश्यक रहेको चौधरीको भनाई थियो । हरेक नागरिकका छोराछोरीहरु स्वत रुपमा प्रतिष्प्रधा गर्न सक्ने खेलकुद क्षेत्रको विकास गर्न सके खेलकुद क्षेत्रको विकासले खेलाडीहरुमा उत्साह थप्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डागीले खेलकुद क्षेत्रको विकास लागि आफुले पहल गर्ने बताएका थिए ।

haaaa

दाङ मार्शल आर्ट्स हाप्किकडो संघका जिल्ला अध्यक्ष एव कार्यक्रम संयोजक भुवन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मार्शल आटर््स हाप्किडो संघका केन्द्रीय सदस्य सुवर्ण बिसी, नेपाल आदिवासी खेलकुद महासंघका केन्द्रीय सदस्य विक्रम बाठा, नेपाल महागर संघ दाङका अध्यक्ष खलु पुनमगर,नेपाल कम्युनिष्ट पाटीका जिल्ला सदस्य खगेश्वर घर्ति, रुकुम आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भपुेन्द्र वली, रोल्पा मार्शल आर्ट्स हाप्किडो सघका अध्यक्ष यमूना घर्ति,जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बालकृष्ण शाह,वडा प्रहरी कार्यालयका सई हरि धोवी, घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा सदस्य गुलाम रसुल, नगर युवा सञ्जाल घोराहीका अध्यक्ष अनिल शेपाईलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

haa

haaaaकार्यक्रमको सहजीकरण सचिव सुजन वलीले गरेका थिए ।

दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजना तथा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको संयोजनामा भएको प्रतियोगिता शुक्रवार र शनिवार चल्ने छ ।

जिल्लाको खेलकुद क्षेत्रको विकास र लुकेर रहेका प्रतिभाहरुलाई पहिचान गर्दै खेल क्षेत्रमा अघि बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको दाङ मार्शल आर्ट्स हाप्किकडो संघका जिल्ला अध्यक्ष एव कार्यक्रम संयोजक भुवन बुढामगरले जानकारी दिए । प्रतियोगितामा ६ वटा डोजाङका खेलाडीहरुको सहभागिता  भएको आयोजकले जानकारी दिएको छ ।

fff

प्रतियोगितामा जिल्लाभरका एक सय २० जना बढि खेलाडी, प्रशिक्षक, रेफ्रिहरुको सहभागिता हुने संयोजक बुढाले जानकारी दिए । प्रतियोगितामा २० देखि ५५ केजी उमेर समूहका महिला र पुरुष खेलाडीहरुको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने महिला र पुरुष खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*