Home / Feature Breaking news / दाङको नारायणपुरमा खुमबहादुर खड्का चोक, पाटी सभापति देउवाद्धारा चोकको उद्घाटन

दाङको नारायणपुरमा खुमबहादुर खड्का चोक, पाटी सभापति देउवाद्धारा चोकको उद्घाटन

दाङ,२७ भदौ । पूर्वमन्त्री एव नेपाली कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा दाङको नारायणपुर बजारमा ‘खुमबहादुर खड्का चोक’ स्थापना गरिएको छ ।
घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० नारायणपुरमा दक्षिणमा ढिकपुर र उत्तरमा बिपी बाटिका जाने चोकलाई खुमबहादुर खड्का चोकको रूपमा नामाकरण गर्न गरिएको हो ।

उक्त चोकको शुक्रवार नेपाली काग्रेसका पाटी सभापति शेरबहादुर देउवाले शिलन्यास गरेका छन । पाटी सभापति देउवाले चोकमा राखिएको व्यानर उद्घाटन गरेर चोकको उद्घाटन गरेका थिए ।
अहिले चोकको नामाकरण गर्ने काम गरिएको र निकट भविष्यमा उक्त स्थानमा स्वर्गीय खड्काको सालिक स्थापना गरिने भएको नेपाली काग्रेस साविक त्रिपुर नगर सभापति दिपक पाण्डेले बताए ।

नेपाली कांग्रेस साबिक त्रिपुर समितिको निवेदनका आधारमा केही समय पहिले घोराही उपमहानगरपालिका वडा नं. १० को बैठकले ‘खुमबहादुर खड्का चोक’ नामाकरण गर्ने निर्णय गरेको थियो । चोकको उद्घाटन कार्यक्रममा स्वर्गीय खड्काकी श्रीमति एव पाटीकी केन्द्रीय सदस्य शिला खड्का, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*