Home / Feature Breaking news / ‘उपलव्धी देखिने गरि काम गर्न जनप्रतिनिधिलाई आग्रह’

‘उपलव्धी देखिने गरि काम गर्न जनप्रतिनिधिलाई आग्रह’

दाङ,२२ जेठ । आफनो कार्यकालमा नमूना काम गरेर देखाउन जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका सहभागीहरुले आग्रह गरेका छन । नेपाल प्रेस युनियन दाङ शाखाको बुधवार घोराहीमा आयोजना गरेको नेपाली काग्रेसवाट निर्वाचित जनप्रतिधि र पत्रकारविचको कार्यक्रममा बोल्ने बक्ताहरुले जनप्रतिनिधिलाई आफनो कार्यकालमा उदाहरणिय काम गर्न आग्रह गरेका छन ।

स्थानीय तहको नेतृत्व सम्हालेको दुई बर्ष वितिसकेको भन्दै बक्ताहरुले तीनबर्षलाई उपयोग गर्दै नमूना काम गर्न आग्रह गरेका छन । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डागीले जनताले परिवर्तनको महसुश गर्ने गरि काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

‘जनताको आवश्यकतालाई ध्यान दिदै आफु नेतृत्वमा रहदा आफनो वडामा जनताले गौरव गर्ने गरि काम गर्नुहोस’,जिल्ला सचिव डागीले भने,‘त्यसमा पार्टीले कहाँ सहयोग गर्न सक्छ हामी तयार छौँ ।’ जनप्रतिनिधिले चाहेमा धेरै काम गर्न सकिने भन्दै सचिव डागीले घोराहीमा काग्रेसवाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफनो वडामा नमूना काम गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका क्षेत्र नं.३ का क्षेत्रीय सभापति भुपबहादुर डागीले निर्वाचतमा पार्टील जनतासँग गरेका प्रतिवद्धतालाई पुरा गर्ने गरि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । समग्र घोराही उपमहानगरपालिकामा भइरहेको विकास निर्माणका बारेमा पार्टीको तर्फवाट आफुले ध्यान दिईरहेको समेत बताए ।

त्यस्तै कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. २ का सभापति गिरिराज सुवेदीले जनताका आवश्यकतासँगै पार्टीले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिवद्धता पुरा गर्ने गरि काम गर्न आग्रह गरे । उनले काग्रेसवाट निर्वाचित जनप्रतिनिधिले जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गरे पार्टीलाई अर्को निर्वाचनमा समेत सहयोग पुग्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकाको प्रमुख,उपप्रमुख, वडाध्यक्षदेखि सदस्यहरुमा निर्वाचित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफनो क्षेत्रको विकास निर्माणको काममा ध्यान दिन समेत आग्रह गरेका थिए । सत्तापक्षवाट समग्र जनताको आवश्यकता पुरा गर्ने भन्दा पनि आफु अनुकुलका बजेट ल्याउने र बजेट बिनियोजन गर्ने गरेको भन्दै त्यस्ता गतिविधिमा निगरानी राख्न समेत आग्रह गरेका थिए ।

प्रेस युनियन दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय सचिवद्धय बद्री खड्का, चुडामणि आचार्य, घोराही उपमहानगरपालिका वडा नं। ३ का अध्यक्ष माधव चौधरी, वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाल, वडा नं. ६ अध्यक्ष रेबबहादुर बुढाथोकी, वडा नं. ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेय,नेपाली काग्रेस घोराही नगरसमितिका पूर्व सभापति किशोरचन्द्र गौतम,नेपाल तरुण दलका नेता नारायण जिसी,पत्रकार अमरक्षितिज भण्डारीलगायतले सुझाव व्यक्त गरेका थिए ।

कार्यक्रमको विषय बस्तु बारे प्रेस युनियन दाङ शाखाका सल्लाहकार तथा पूर्व केन्द्रीय सदस्य सुदिप गौतमले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण प्रेस युनियन दाङ शाखाका सचिव आरके शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*