Home / Feature Breaking news / यी हुन् सरकारी सवारी साधन प्रयोग नगर्ने वडा अध्यक्षहरु

यी हुन् सरकारी सवारी साधन प्रयोग नगर्ने वडा अध्यक्षहरु

घोराही, २३ जेठ

स्थानीय तहमा निर्वाचन भएपछि जनप्रतिनधिीहरुमा सरकारी सेवा सुविधाको मोह ह्वात्तै बढेर गयो ।

जनप्रतिनीधीले सरकारी सेवा सुविधा उपभोग गर्नकालागी अछाडमछाड गरेका घटनाहरु पनि सार्वजनिक भए ।

दाङकै केही स्थानीय तहहरुमा झनै प्रमुख र उपप्रमुखबिच सरकारी सवारी साधन प्रयोगको विषयलाई लिएर भएको विवाद छताछुल्ल पनि भयो ।

तर घोराही उपमहानगरपालिकका दुई जना वडा अध्यक्षहरुले भने सरकारी सवारी साधन प्रयोग गरेका छैनन् । घोराही उपमहानगरपालिकाको वडा नम्बर १० र १५ अध्यक्षहरुले सरकारी मोटरसाईकल प्रयोग गरेका छैनन् ।

उपमहानगरपालिकाले सबै वडा अध्यक्षहरुकालागी टेण्डरबाट मोटरसाईकल खरिद गरेको थियो । टिभिएस मोटरसाईकल खरिद गरेको भएपनि नेपाली कांग्रेसबाट उमेद्वार बनेर विजयी वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल) र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले मोटरसाईकल लगेनन् ।

आफूसँग मोटरसाईकल हुदाँहुदै सरकारी मोटरसाईकल किन प्रयोग गर्नु भन्ने उदारताका साथ उनीहरुले उपमहानगरपालिकाले खरिद गरेका मोटरसाईकल प्रयोग गरेनन् ।

‘आफूसँग निजी सवारी साधन हुँदाहुदै किन सरकारी साधन प्रयाग गर्नु भनेर हामीले उपमहानगरपालिकाले खरिद गरेका सवारी साधन नचढेका हौँ’ वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले भने–‘बरु मोटरसाईकलको मुल्य बराबरको रकम विकासमा लगाउन पाए वडाबासहिरुले विकास पाउने थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*