Home / Feature Breaking news / बाख्रामा अज्ञात रोग

बाख्रामा अज्ञात रोग

दाङ १ असोज । घोराही उपमाहनगरपालिका–१९ सैघाको रालबाङमा बाख्रामा अज्ञात रोग देखा परेको छ । तिनदिनदेखि बाख्रामा रोग देखा परेको छ । रोगले स्थानीय निमबहादुर घर्तीले पालेका १० वटा बाख्रा मरेको वडा अध्यक्ष हर्क जिएमले वताएका छन् ।

बाख्रा झुङने र तत्काल मर्ने गरेका छन् । अज्ञात रोगले बाख्रा मर्न लागेपछि स्थानीय कृषक चिन्तित भएका छन् । बाख्रामा रोग देखापरेपछि कृषकले वडा कार्यालयमा गुनासो समेत गरेका छन् । सोमवार पशु प्राविधिक पठाउने काम भएको वडा अध्यक्ष जिएमले बताए । ‘प्राविधिक गाउँमा पठाउने काम गरेका छौ । त्यसको लागि वडा सदस्य टंख रोकालाई समन्वय जिम्मा दिएका छौ’ उनले भने ।

यस अघि स्युजा र सैघालाई हेर्न गरेर सैघाको बाम्लामा पशु सेवा केन्द्र थियो । तर त्यो केन्द्रको बोर्ड मात्र गाउँमा भएको र कर्मचारी सवै बजारमा बस्ने गरेका छन् । वडा कार्यालयले त्यो केन्द्र वडाको मातहतमा ल्याउने निर्णय गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*