Home / समाचार / तीन दिन कार्यक्रम गरि संविधान दिवस मनाइने

तीन दिन कार्यक्रम गरि संविधान दिवस मनाइने

दाङ,१ असोज । दाङ संविधान दिवस तीन दिनसम्म विविधि कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले जिल्ला समन्वय समितिका प्रमुख नेपालीको संयोजकत्वमा संविधान दिवस मुल समारोह समिति पनि गठन गरेको छ । बैठकले असोज २ गते विहान व्याड मिन्टन प्रतियोगिता गर्ने, असोज ३ गते विहान घोराहीमा प्रभातफेरि र प्रवचन र असोज ४ गते नयाँ फौजदारी र देववानी संहिताका बारेमा गोष्ठी गर्ने निर्णय गरेको हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

बैठकले संविधान दिवसमा घर घरमा दिपावली गर्न सवैलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । बैठकमा प्रदेश सासद अमरबहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य डायमण्ड, नेपाली काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, अन्य सरकारी कार्यालय, सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो । बैठकको सहजिकरण जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*