घोराही, १६ असार
घोराहीको सडकमा पीचमाथी थप पीच (रिसलिङ) गरिएको कार्यैप्रति चौतर्फी विरोध भएको छ । घोराही उपमहानगरपालिकाले घोराहीको विभिन्न सडकहरुमा रिसलिङ गरिरहेको छ । जुन गुणस्तरहिन भएको भन्दै नगरबासीहरुले व्यापक विरोध गरेका छन् । सडक बोर्डको ७० प्रतिशत र घोराही उपमहानगरपालिकाको ३० प्रतिशतमा भईरहेको पीचको काम गुणस्तरहिन भएको भन्दै व्यापक रुपमा गुनासो आएको छ ।
७२ लाखको टेण्डरबाट वस्टर्न डेभलभमेन्ट कन्ट्रक्सन प्रालि गढिमालिका बाजुराले किाम गरिरहेको छ ।
घोराहीको गुलरिया पार्कदेखी तुलसीपुर चोक दाहोदर चोक हुदै आर्मी ब्यारेकसम्म र सहिद गेटदेखी नेपाल बैंक, बैंक रोड, जिल्ला अदालतदेखी भिगे्रली चोकसम्म रिसलिङको काम यस आर्थिक वर्षमा हुने घोराही उपमहानगरपालिकाका ईञ्जीनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो ।
गुणस्तरहिन काम भएको भन्ने गुनासोप्रति उहाँले निर्माण कम्पनीको कमजोरीले रिसलिङको काममा केही गुनासो आएको बताउनुभयो । ‘यो रिसलिङको काममा गुनासो आउनुको कारण भनेको ठुला खाल्डा थिए तिनी पुरिएनन् आनि अर्को काम हुदै गर्दा अटेर गरेर गाडी चलाईयो ।’ उहाँले भन्नुभयो–‘यी दुई कारणले गुनासो गर्ने बाटो आएको हो ।’
भिडियो पनि हेर्नुहास्ः