Home / Feature Breaking news / शालीन मृत्युको गहन अनुसन्धान गर्न चौतर्फी माग, परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शालीन मृत्युको गहन अनुसन्धान गर्न चौतर्फी माग, परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

चितवनकी बालिका शालीन पोखरेलको शंकास्पद मृत्यु घटनाको गहन अनुसन्धानका लागि चौतर्फी आवाज उठेको छ । प्रमुख दलका नेताहरूले गहन र निष्पक्ष अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘घटनाको गहन छानबिन गरी सत्य–तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’

चितवनको रत्ननगर नगरपालिका– १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलमा ८ कक्षामा अध्ययनरत १४ वर्षीया पोखरेल गत १२ फागुनमा स्कुलको होटेलमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । परिवारले उनको हत्या भएको दाबी गर्दै विस्तृत अनुसन्धानको माग गरेका छन् । प्रहरीले निष्पक्ष र विस्तृत अनुसन्धान भइरहेको भन्दै धैर्यताका लागि आग्रह गरिरहेको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी पोखरेलको मृत्यु प्रकरणमा गहिरो र निष्पक्ष अनुसन्धानको माग गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अनुसन्धानको तथ्यका आधारमा दोषीलाई हदैसम्मको कारबाही माग गरिएको छ ।

‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै, झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

एमाले अध्यक्ष केपी ओलीले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,’ उनले भनेका छन्, ‘यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।’

वस्तुनिष्ठ अनुसन्धान जारी छ : प्रहरी 
शालीनको मृत्युको विषयमा वस्तुनिष्ठ अनुसन्धान जारी नै रहेकाले संवेदनशील हुन चितवन प्रहरीले सबैलाई आग्रह गरेको छ । घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी उठेपछि प्रहरीले घटनालाई अतिरञ्जित पार्ने कुनै पनि पोस्ट नगर्न शनिबार विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरेर कुनै पनि विषयवस्तु सम्प्रेषण नगरिदिन प्रहरीको अनुरोध छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं प्रवक्ता श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गाम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य–मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको र वैज्ञानिक प्रयोग तथा प्रविधिको विश्लेषणसमेतको आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णलाई विश्वास दिलाउँछौँ ।’

शालीनको मृत्युपछि उनका परिवारले हत्या भएको दाबी गरेका छन् । ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका दुई वर्षदेखि सो विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन्  । शालीनको बुबा दीपेन्द्र पोखरेलले प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको आरोप लगाएका छन् । ‘कोठाको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्छ,’ उनले भने । शालीनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टमको रिपोर्ट अझै नआउनुले पनि आफूहरूलाई चलखेलको आशंका बढाएको मृतकका बुबाको भनाइ छ ।

प्रहरीले पोस्टमार्टमलगायतको रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने जनाएको छ । डिएसपी भण्डारीले घटना अनुसन्धानकै क्रममा रहेकाले हत्या वा आत्महत्या के हो भन्न नसकिने बताए । मृतकका परिवारकै आग्रहअनुसार नै शव काठमाडौं लगेर पोस्टमार्टम हुँदै छ । ‘शवको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन, हामीले सिसिटिभी फुटेजदेखि विभिन्न प्रमाणको अध्ययन अनुसन्धान गर्दै छौँ,’ डिएसपी भण्डारीले बताए । सुसाइट नोट पनि भेटिएको र त्यसउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दलहरूले गराए सरकारको ध्यानाकर्षण
कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी पोखरेलको मृत्यु प्रकरणमा गहिरो र निष्पक्ष अनुसन्धानको माग गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अनुसन्धानको तथ्यका आधारमा दोषीलाई हदैसम्मको कारबाही माग गरिएको छ । ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै, झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यस पछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी सत्य, तथ्यबाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

एमाले अध्यक्ष केपी ओलीले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन्,’ उनले भनेका छन्, ‘यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*