Home / मनोरञ्जन / दाङबाट प्रदेशस्तरीय नृत्य गथा गायन प्रतियोगिता हुने

दाङबाट प्रदेशस्तरीय नृत्य गथा गायन प्रतियोगिता हुने

शरद रेग्मी
तुलसीपुर, २५ असोज । सामाजिक सेवामा उत्तरदायित्व बहनगदै आएको राप्ती ब्रोडकास्टिङ प्रालि अन्तर्गतको एसटिएन च्यानलले जिल्लाबाट पहिलो पटक प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ । बुधवार पत्रकारसम्मेलनको आयोजना गरी सो प्रालिले प्रदेश नंवर ५ का सवै जिल्लाहरुमा पुगेर नृत्य र गायन प्रतिभाहरुलाइ छनौट गर्ने प्रालिका प्रवन्ध निर्देशक दुर्गा गिरीले जानकारी गराएका छन् ।

स्वस्थ प्रतिस्प्रधाकालागी पचास प्रतिसत जजको निर्णय र पचास प्रतिसत भोटिङका आधारमा प्रतियोगितामा अन्तिम छनौट गरिने छ । स्वस्थ प्रसतिस्पर्धाकालागी यो निर्णय भएको पनि गिरीले बताए । ‘हामी स्वस्थ् र निस्पक्ष रुपमा प्रतिभालाइ छनौट गर्न चाहन्छौं,त्यसैले भोट र जजको निर्णयलाइ समन्वय गर्ने छौं—आयोजक संस्थाका निर्देशक गिरीले भने ।

पहिलो चरणणमा तुलसीपुरको समिक्षालयबाट आउंदो कात्तिक ११ गते प्रतिभा छनौटको कार्यक्रम सुभारम्भ हुने पनि पत्रकार सम्मेलनमा बताइएको छ । हरेक जिल्लाबाट नृत्य र गायन क्षेत्रका दुइ÷दुइ जना प्रतिभा छनौट हुने छन् । दाङबाट भने नृत्य र गायन क्षेत्रबाट पांच÷पांच जना छानिने छन् ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । फाइनल राउण्ड पनि दाङमै हुने छ । आरफाइभ डान्सिङ एण्ड सिंगिङ स्टार नाम दिइएको सो प्रतियोगितामा प्रथम हुनेले अहिले सम्मकै ठुलो राशीको १ लाख २५ हजार पुरस्कार पाउने छन् । त्यसैगरी दोस्रो हुनेले ७५ हजार रुपैया र तेस्रो हुनेले ५० हजार रुपैया नृत्य र गायन दुवै विधामा पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी उनीहरुलाइ म्युजिक भिडिओ रेकर्डिङ सहित विभिन्न अवसरहरुपनि प्रदान गरीने आयोजक संस्थाका प्रवन्ध निर्देशक गिरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । ‘सुरुआत दाङबाटै हुन्छ, समापन पनि दाङमै हुन्छ, प्रदेशका सवै जिल्लामा कहिले कुन स्थानमा कार्यक्रम गर्ने भन्ने विषयमा अन्तिम तयारीपछि विभिन्न सन्चारमाध्यममार्फत जानकारी गराइने छ’—गिरीले भने ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि तथा रिपोटर्श क्लव प्रदेश नंवर ५ का संयोजक शरद रेग्मीले संस्थाले पहिलो पटक ठुलो धनरासीको पुरस्कार सहित नृत्य र गायन क्षेत्रका प्रतिभालाइ प्रमोट गर्न लागेकोमा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सन्चारकर्मिहरुको पुर्ण सहयोग रहने बताए ।

सोहि अवसरमा प्रमुख अतिथि नारायणि रजौरेले सन्चार माध्यमले थालेको यो सामाजिक अभियानमा आफुले सक्दो सहयोग गर्ने भन्दै संभव भएसम्म राष्ट्रिय समाचार समितिको कार्यालय उद्घाटनका क्रममा सन्चार मन्त्री आएकै अवसर पारेर यो कार्यक्रमको पनि सुभारम्भ गर्न पहल गर्ने बताइन् । साथै उनले सन्चार क्षेत्रले थालेको यो अभियान प्रदेशका सवै जिल्लामा सहज व्यवस्थापनकालागी आफुले पहल गर्ने पनि बताइन् । कमल भण्डारीको सहजीकरणमा भएको कार्यक्रममा स्वागत मन्तव्य निरला अर्याल(गैरे)ले गरेकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*