दाङ,८ बैशाख । देउखुरीको पूर्व–पश्चिम राजमार्गमा दिनप्रतिदिन बढ्दै गईरहेका सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले लमही नगरपालिकाले ट्राफिक प्रहरीलाई मापासे मापन यन्त्र प्रदान गरेका छन ।
सवारी चालकहरुले माधक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्नको लागी लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीको कार्यालय प्रयोजनका लागी बे्रथलाईजर प्रदान गरेका हुन ।
नगर प्रमुख केसीले जिल्ला ट्राफिक प्रहरी प्रहरी प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवर र अस्थायी.ट्राफिक प्रहरी पोष्ट लमहीका पोष्ट ईन्चार्ज बिष्णु बहादुर केसीलाई एक थान ब्रेथलाईजर हस्तान्तरण गरेका हुन ।