Home / Feature Breaking news / ‘उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार हुन आवश्यक’

‘उपभोक्ता सचेत र व्यवसायी जिम्मेवार हुन आवश्यक’

दाङ,२४ असोज । उपभोक्ताहरु सचेतसँगै उद्योगी र व्यवसायीहरुले लारवाही नगरे नागरिकले गुणस्तरीय खाद्यबस्तुको उपभोग गर्न पाउने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक दाङको आयोजना तथा मानव अधिकार समूह घोराहीको सहकार्यमा आइतवार विहान आयोजना गरिएको खाद्य अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले खाद्य अधिकारलाई सुरक्षित गर्न उद्योगी तथा व्यवसायी जिम्मेवार र उपभोक्ता सचेत हुन आवश्यक रहेको बताएका हुन् । उनीहरुले त्यसका लागि सरोकारवाला निकायले नियमित रुपमा चासो र निगरानी गर्न आवश्यक रहेको बताए ।

मानव अधिकार समूह घोराहीका अध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा मानवअधिकार सञ्जाल एव उपभोक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ताहरु सचेत नहुने र व्यवसायीहरुको लापरवाहीका कारण नागरिकहरु ठगित गरेको भन्दै त्यसलागि रोक्का लागि सरोकारवाला निकायहरुले क्रियाशिलता बढाउनुपर्ने बताएका हुन ।

त्यसका लागि उपभोक्ताहरुलाई खाद्य अधिकार सम्वन्धी जानकारीसँगै लापरवार्ही गर्ने व्यवसायी तथा उद्योगहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सामन्य लापरवाहीका कारण उपभोक्ताहरु ठगिने क्रम रहेको भन्दै त्यसबाट जोगिनका लागि स्वम उपभोक्ता सचेत हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खाद्य अधिकारका बारेमा उपभोक्ताहरुलाई पनि सचेत र जिम्मेवार बनाउन आवश्यक भएको बताए ।

बजार अनुगमनलाई व्यवस्थित बनाउदै अखाद्य बस्तु नष्ट गर्ने मात्रै नभएर कार्वाहीको प्रक्रियालाई प्रभावकारी बनाउन आवस्यक रहेको बताए । चाड पर्व नजिकिएसँगै बजारमा उपभोग्यबस्तुको मुल्यवृद्धिसँगै बिलिङ नै नगरेका बस्तुहरु विक्रिका लागि राखिएको भन्दै त्यसलाई रोक्न अनुगमनलाई बढाउनुपर्ने बताए ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले उपभोक्तालाई ठगिनबाट बचाउनका लागि उपमहानगरपालिकाले अनुगमनसँगै अखाद्यबस्तुलाई नष्ट गर्ने गरेको बताए । तर जिम्मेवार निकाय स्वयम सचेत नहुदा उपभोक्ता ठगिने क्रम नरोकिएको बताए ।

कार्यक्रममा कृषि शाखा प्रमुख चोपनारायन खनाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, चेम्वर अफ कमर्श दाङका अध्यक्ष बलदेव योगी, मानवअधिकार एलायन्सका विकिरण गौतम, नेपाल बार एशोसियसन दाङका उपाध्यक्ष मौसम आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी,खाद्य अधिकार सञ्जालका अध्यक्ष हुमा डिसी, अधिकारकर्मी गिरिराज अधिकारी, मुक्त कमलरी विकास मञ्चका माधव चौधरीलगायतले बोल्दै खाद्य स्वच्छता मानव अधिकारसङ्ग जोडिएको विषय भएको भन्दै यसलाई व्यवस्थित बनाउन सरोकारवाला निकाय गम्भीर बन्न आवश्यक रहेको बताएका हुन् ।

गुणस्तरीय सामाग्रीमात्रै उत्पादन, बिक्री वितरण र उपभोग गर्नुपर्छ भन्ने मानविय बानीको बिकास गर्न आवश्यक बताएका छन् । अर्कोतिर किसानले बिषादीको प्रयोग गरेर छिटो छरितो उत्पादन गर्ने र त्यही बिषादी युक्त खाना उपभोक्ताले खाईरहेकाले यसतर्फ सरोकारवाला निकाय सचेत हुन आवश्यक रहेको बताएका हुन् ।

उत्पादकले बारीमा उत्पादन गर्नेदेखि लिएर उपभोक्ताले शेवन गर्दासम्म सबै बस्तु स्वस्थ र उपभोग्य हुनुपर्ने बताएका छन् । इन्सेक दाङका प्रतिनिधि जेएन सगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इन्सेक सहजकर्ता बिनोद केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*