Home / Feature Breaking news / बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु

बस र जीप ठोक्किँदा पाँचजनाको मृत्यु

काभ्रेमा भारतीय पर्यटक बोकेको बस र जीप आपसमा ठोक्किँदा बुधबाबर पाँचजनाको मृत्यु भएको छ ।

भारतीय यात्रु बोकेको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको यात्रुवहाक जीप रोसी गाउँपालिका बढुबेसीमा दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा जीपमा सवार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । यूपी५८टी ८१८१ नम्बरको भारतीय गाडी र ना१ज ४२१० नम्बरको जीप ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*