दाङ,४ माघ । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा दाङ आउने भएका छन । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ को आयोजनामा हुने क्षेत्रीय भेलामा सहभागी हुनकालागी काग्रेसका प्रवक्ता शर्मा दाङ आउन लागेका हुन । माघ ८ गते आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्न उनी दाङ आउन लागेको क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिए ।
क्षेत्रीय समितिको बैठकले क्षेत्रिय भेला गर्ने निर्णय गरेको हो । विहान ११ बजेदेखि घोराही उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सम्बोधन गर्नकालागी प्रतिष्ठान प्रशासनलाई अनुरोध गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल समितिले नियुक्त गरेका कर्मचारी र करार सेवामा रहेका कर्मचारी एवं विशिषज्ञ डाक्टरहरूलाई अवकाश दिने कार्य प्रतिष्ठान प्रशासनले गरेको हुदाँ उक्त निर्णयमा पुनर्विचार गरि पुनस्बहाल गर्न क्षेत्रीय समितिको बैठकले अनुरोध गरेको छ ।
साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नकालागी प्रयाप्त बजेटको व्यवस्था गर्न पनि बैठकले नेपाल सरकारलाई अनुरोध गरेको छ । त्यस्तै स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा. गोविन्द केसीको मागप्रति गम्भीर हुन सरकारलाई अनुरोध गर्दै केसीको जिवनरक्षाको माग गरेको छ ।
बैठकले हालै निधन भएका नेपाली काग्रेसका क्षेत्रिय प्रतिनिधि घोराही–९ का विष्णुकुमारी डाँगी, क्षेत्रीय सदस्य भिमा शाहको ससुरा घोराही–९ का दिलबहादुर शाह, घोराही–८ का प्रजातान्त्रिक सेनानी बासुदेव थारू, घोराही–७ बेलहरीका प्रजातान्त्रिक सेनानी बलहादुर दसौदी, काग्रेसका क्रियाशील सदस्य राजेन्द्र श्रेष्ठको आमा लीलादेवी श्रेष्ठ, क्रियाशील सदस्य भोला बुढाथोकीका दाइ शिक्षक संघ सल्यानका सदस्य घोराही–८ का सुवर्ण बुढाथोकीको निधनप्रति दुस्ख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
बैठकले पुस ६ गते सल्यानको अधययन अवलोकन भ्रमणबाट फर्कदै गर्दा सहिद कृष्ण सेन ईच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटननमा ज्यान गुमाएका २३ जना शिक्षक, विद्यार्थीहरूको आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेदै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
बैठकको सहजिकरण सचिव बद्रिकुमार खड्का र सह–सचिव प्रकाश सुवेदीले गरेका थिए ।