घोराही, ३ असोज
दाङमा ३ सय ८० जनामा डेंगु संक्रमण फैलिएको छ । जिल्लाका १० पालिकामध्य ५ वटा पालिकाहरुमा डेंगुको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएमो छ ।
सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १ सय २६ जना, घोराही उपमहानगरपालिकामा १ सय २० जना, गढवा गाउँपालिकामा ८२ जना, लमही नगरपालिकामा ३९ जना, राप्ती गाउँपालिकामा १२ जना र बबई गाउँपालिकामा एक जनामा डेंगु सक्रमण भएको स्वास्थ्य कार्यालय दाङको तथ्यांकमा उल्लेख छ ।
डेंगु सक्रमणबाट यसवर्ष जिल्लामा मानविय क्षति भने भएको छैन ।