दाङ, २७ चैत
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले उनको गृहगाँउ सतबरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ ।
कांग्रेस दाङको आयोजनामा वुधवार उनको गृहगाँउ सतबरियाको गाझेनामा हुने कार्यक्रमकालागि कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शंशाक कोईराला, शेखर कोईराला लगायत नेताहरु आउने जिल्ला सभापति किर्तिबहादुर खड्काले जानकारी दिनुभयो । वुधवार विहान साढे ११ बजेदेखी सुरु हुने श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिकालागि उहाँले सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु एवं भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था लगायत सम्पूर्ण सुवेच्छुकहरुमा अनुरोध गर्नुभएको छ ।
सौडियारमा श्रद्धाञ्जली सभा सम्पन्न
खड्काको १२ दिनको पुण्यतिथी सौडियारमा मंगलवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कांग्रेस साविक सौडियार ईकाई समितिको अयोजनामा श्रद्धाञ्जली सभा भएको हो । ईकाई सभापति कर्णबहादुर बुढाथोकीको अध्यक्षता एवं निवर्तमान सांसद राजु खनालको प्रमुख आतिथ्य र महाधिवेशन प्रतिनीधी भरतबहादुर न्यौपानेको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सौडियार, धर्ना लगायत जिल्लाको विकासमा खड्काले पुर्याएको योगदानको चर्चा गर्दै दाङलाई सधै उनको अभव खड्कीरहने बताएका थिए ।
कार्यक्रममा क्षेत्रीय सभापति भुपबहादुर डाँगी, पूर्व महासमिति सदस्य भिमप्रकाश खड्का, क्ष्ोत्रीय सचिव बद्रिकुमार खड्का, क्षेत्रीय सदस्य रेखबहादुर वली(देउता), घोराही उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्बर ६ का अध्यक्ष रेबबहादुर बुढाथोकी, वडा नम्बर ६ का सदस्य कुन्ता सिजवाल, कांग्रेस साविक सौडियार ६ का अध्यक्ष बेदुराम भण्डारी, ४ नम्बर वडाका खगिराम वली, १ का सभापति हुमबहादुर वली, सौडियार उपसभापति धनबहादुर पुन, निमानन्द गैरे लगायतले शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सौडियार २ का सभापति निमबहादुर चौधरीले गर्नुभएको थियो ।