Home / Feature Breaking news / ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
फाईल तस्वीर

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको थियो ।

सोमपालको ५० विकेट पूरा

नेपालका तिव्रगतिका बलर सोमपाल कामीले ५० विकेट पूरा गरे गरेका छन् । उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालको तर्फबाट ५० विकेट पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहराले ५० विकेट पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*