Home / Feature Breaking news / सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

सातै प्रदेशमा पानी पर्ने सम्भावना, यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ।

मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाको वेबसाइटमा उल्लेख छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका केही स्थानहरूमा राति पनि मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*