Home / Feature Breaking news / दाङमा मदिरा विक्री रोक

दाङमा मदिरा विक्री रोक

दाङ, १४ मंसिर
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै दाङमा मदिरा विक्री बितरणमा रोक लगाईएको छ । स्थनीय प्रशासनले शुक्रवार देखि मतदान सम्पन्न नहोउन्जेल सम्म मदिरा सेवन, तथा विक्री वितरणमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठका अनुसार मंसिर २१ गते मतदान भएपछि त्यसको भोलीपल्ट देखि मात्रै मदिरा विक्री वितरण गर्न दिईने भएको छ ।

‘मदिरा सेवनका कारण निर्वाचन सुरक्षामा चुनौती आउने भएकाले सेवनसंगै विक्री वितरणमा समेत रोक लगाएका हौँ,’उनले भने ‘यो अवधिमा मदिरा सेवन तथा विक्री वितरण गर्ने जोकसैलाई पनि कारवाही गरिने छ ।’

मदिरा विक्री वितरणको लाईसेन्स प्राप्त गरेको भन्दै कोहि पनि छुट्न नपाउने भन्दै श्रेष्ठले निर्वाचन अवधिभर लाईसेन्स निलम्बन भए सरह रहेको पनि उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*