Home / Feature Breaking news / अब ५ कक्षासम्म रङ्गिन किताब

अब ५ कक्षासम्म रङ्गिन किताब

दाङ,१३ बैशाख । नेपालको राष्ट्रिय झण्डा सिम्रिक रङको छ। यसको किनारामा निलो छ।त्यसमा अंकित चन्द्र र सूर्य भने सेता छन्। तर सरकारी विद्यालयका किताबमा झण्डाको रङ कालो मात्रै देखिन्थ्यो।
सरकारले यो वर्षदेखि रंङ्गिन किताब छापेसँगै विद्यार्थीले झण्डाको वास्तविक रङबारे जानकारी पाउने भएका छन्।

यो शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पढ्ने किताब रङ्गिन छापिएको हो। निजी क्षेत्रका विद्यालयले रङ्गिन किताब पढाउन थालेको धेरै वर्षपछि सरकारी विद्यालयमा पढाइने किताब पनि रङ्गिन छापिएका हुन्।

रङ्गिन छपाइ गरेका सबै विषयका किताब विद्यार्थीका हातहातमा दिन सुरू गरेको छ । ‘७७ जिल्लामै किताब पठाइसकियो’ उनले भने, ‘हिमाली जिल्लामा पनि भर्नाकै बेला किताब पुगेको यो पहिलो पटक हो।’
गत वर्षसम्म शैक्षिक सत्रको अन्तिमसम्म पनि विद्यार्थीले किताब पाएका थिएनन्। जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले किताब छापेका हुन्। अभाव हुन नदिने गरी पर्याप्त मात्रामा छापिएको किताब सबै विद्यालयसम्म पुर्‍याउने व्यवस्था मिलाएको बताए।

‘कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्न निजी मुद्रकलाई जिम्मेवारी दिइएको थियो । रङ्गिन किताब निजी क्षेत्रको मुद्रकले छापेको हो।

चालु शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाउन विनियोजन भएको २ अर्ब २२ करोड २२ लाख बजेट सरकारले ७५३ स्थानीय तहमा पठाएको थियो।
नगरपालिका वा गाउँपालिकाबाट रकम माग गरी विद्यालयहरूले पाठ्यपुस्तक खरिद तथा ढुवानी गर्नुपर्छ। स्थानीय तहले सकेसम्म छिटो रकमको व्यवस्था गर्नुपर्ने हुन्छ।

कक्षाअनुसार पाठ्यपुस्तकको मूल्य फरक छ। विद्यालय तहको शिक्षा निस्शुल्क गर्ने नीतिअनुसार सरकारले १० कक्षासम्मका विद्यार्थीलाई भर्नाकै बेला किताब दिने गरेको छ।

मन्त्रालयका अनुसार यो शैक्षिक सत्रका लागि निजी क्षेत्रले १ करोड ६५ लाख २८ हजार ७० थान पुस्तक छापेको हो।

जनक शिक्षाले कक्षा ६ देखि १० सम्म २२ लाख २४ हजार ९ सय १७ थान पुस्तक छापेको हो। यी पुस्तक भने सादा छन्। शिक्षामा गुणस्तरीयता ल्याउन पाठ्यपुस्तक रङ्गिन छापिएको हो। यसअघिका वर्षमा छापेका विद्यालय तहका पुस्तक सादा थिए। जसले प्रभावकारी शिक्षामा बाधा पुर्‍याएको गुनासो थियो।

पाठ्यपुस्तक रङ्गिन छापेपछि चित्र आकर्षक देखिएको छ। शब्द पनि स्पष्ट देखिने गरी छपाईको गुणस्तर कायम गरेको अर्यालले बताए। पाठ्यपुस्तक वितरण र व्यवस्थापनका लागि क्षेत्रीय र जिल्लास्तरमा अनुगमन समिति पनि छ।

विद्यालय तहका पुस्तकहरू कक्षाअनुसार वर्षनी रङ्गिन बनाउँदै लैजाने तयारी मन्त्रालयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*