Home / Feature Breaking news / स्वर्गद्धारी मन्दिरमा रोटरी क्लबको शुद्ध खानेपानी प्लान्ट

स्वर्गद्धारी मन्दिरमा रोटरी क्लबको शुद्ध खानेपानी प्लान्ट

घोराही, २१ फागुन

रोटरी क्लब अफ दाङले सामाजिक कार्य अन्तरगत प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा शुद्ध खानेपानी प्लान्ट निर्माण गरेको छ । ब्लबले मन्दिर परिसरमा सो खानेपानी प्लान्ट निर्माण गरेको हो ।

धर्मावलम्बी हरुको लागि शुद्ध खानेपानीकालागी शनिवार स्वर्गद्वारी पुगेर २ लाख बराबरको शुद्ध खानेपानी प्लान्ट निर्माण गरिएको क्लबका अध्यक्ष रजिब उल्लाह खानले जानकारी दिनुभयो ।

निर्माण गरिएको प्लान्ट एक कार्यक्रम बिच मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष रजिब उल्लाह खानको अध्यक्षता र मन्दिरका गुरु ध्यानन्द गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका संयोजक डा.सञ्जीव पन्डितको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण मिनराज भाटले गर्नुभएको थियो । प्लान्ट निर्माणसँगै धर्मालम्बीहरुलाई शुद्ध खानेपानीकालागी सहज हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साथै समितिले मन्दिर परिसरमा प्लान्ट निर्माण गरेकोमा क्लबलाई धन्यवाद दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*